२२ पुष, ओमान । नेपाल सरकारले भिजिट नेपाल २०२० को योजना अघि सारेदेखिनै बिश्व भरिबाट प्रवाशी नेपालीहरु आफु रहेको स्थानबाट आफुले सकेजति प्रचारप्रसारमा लागीपरेका छन् ।
यसैबीच ओमान नेपाली एकता समाजले भिजिट नेपाल २०२० लाइ ब्यापकरुपमा प्रचारप्रसार गर्न आफ्ना सबै कार्यकर्तालाइ अपिल गरेको छ ।
समाजले ओमानको केहि स्थानको भ्रमण गर्दै भिजिट नेपाल २०२० को ब्रशरहरु बाड्दै नेपाल घुम्न जान अनुरोध गरेको छ ।

प्रचार-प्रसारकै क्रममा निकट भबिष्यमै नेपाल घुम्न जाने थुप्रै ब्यतिहरुले आस्वासन दिएको बताइएको छ । ओमान नेपाली एकता समाजका सल्लाहकार भानुभक्त खनालले नेपालका हिमाल तथा विभिन्न ठाउका पम्पलेटहरु, भिजिट नेपालको लागि तयार पारिएको ब्रशर केही ओमानका उच्च घरानाका नागरिकहरुलार्ई बितरणगरेको बताइएको छ । साथै ओमान नेपाली एकता समाजका सदस्य माया श्रेष्ठ र अन्जना पौडेलले पनि ब्यापक प्रचार गरेसगै धेरैले नेपाल अति सुन्दर रहेको र चाडै घुम्न जाने योजना बनाएको खबर प्राप्त भएको छ ।

सदस्य पौडेलले हत्तात हाउसमा १४ डिसेम्बर २०१९ मा लागेको कार्निभल स्टलमा नेपाली परिकार मो : मो तथा नेपाली खानाहरु बनाएर बिदेशीहरु माझ नेपाली मौलिकता झल्काउदै प्रचारप्रसारलाइ प्रभावकारी बनाउनु बनाएकी थिइन् ।
त्यसै स्थानिय तथा विभिन्न देशका व्यापारीहरुको परिवार सम्म भिजिट नेपालको कुरो पुर्याइ नेपाल जान उत्साहित पार्न बर्षैभरी लागि रहन आफ्नो कार्यकर्ताहरुलाई निर्देशन नै दिएको समाजका महासचिव सोम तामाङले जानकारी दिएका छन् ।

वि.सं.२०७६ पुस २२ मंगलवार १७:१६ मा प्रकाशित




























