back
CTIZAN AD

हेर्नुहोस् त ज्योतिषशास्त्र अनुसार तपाईको आजको दिन यस्तो रहनेछ

वि.सं.२०७६ पुस २३ बुधवार

798 

shares

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ  ।

वृष राशि — (इ, उ, ए, ओ, वा, वि, वु, वे, वोे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन राशि — (का, कि, कु, घ, ङ, छ, के, को, हो)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

कर्कट राशि — (हि, हु, हे, हो, डा, डि, डु, डे, डोे)
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। जिम्मेवारी भने बढिरहनेछन् तर आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ ।

सिंह राशि — (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तापनि मिहिनेतले फाइदा दिलाउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुनेछ ।

कन्या राशि — (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। तर विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउन सक्छ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।

तुला राशि —(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ ।

वृश्चिक राशि — (तो, ना, नि, नु, ने, नो, या, यि, युे)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भेटघाटले काममा अलमल्याउन सक्छ। तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा गर्नुपर्ला ।

धनु राशि —(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ ।
मकर राशि— (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ ।

कुम्भ राशि — (गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ ।

मीन राशि — (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ ।

२०७६ पुस २३ गते बुधबार
उपप्रा, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस् (पुस २२ ) गतेको राशिफल

वि.सं.२०७६ पुस २३ बुधवार ०७:१५ मा प्रकाशित

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा...

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...