back
CTIZAN AD

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

333 

shares

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालित काठमाडौं मेरियट होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई महत्वपूर्ण सहयोग उपलब्ध गराएको छ ।

होटलले काठमाडौंको कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयलाई एक पूर्ण सुसज्जित विज्ञान प्रयोगशाला र विद्यार्थीहरूका लागि लन्च बक्स हस्तान्तरण गरेको हो ।

बुधबार विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले विद्यालय प्रशासनलाई उक्त प्रयोगशाला हस्तान्तरण गरे। बिहान १०ः३० बजे सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीका साथै होटलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रयोगात्मक सिकाइमा जोड
विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको यस विज्ञान प्रयोगशालाले विद्यार्थीलाई पाठ्यपुस्तकको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा बुझ्न मद्दत पु¥याउने विश्वास लिइएको छ। वैज्ञानिक उपकरण र सामग्रीसहितको यो प्रयोगशालाले बालबालिकामा जिज्ञासा उत्पन्न गराउने र उनीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने होटलको ठम्याइ छ। यसका साथै विद्यार्थीहरूको दैनिक स्वास्थ्य र सहजतालाई ध्यानमा राख्दै उनीहरूलाई लन्च बक्स समेत वितरण गरिएको थियो ।

शिक्षा नै समृद्ध समाजको आधार
कार्यक्रममा बोल्दै काठमाडौं मेरियट होटलका अध्यक्ष शशी कान्त अग्रवालले भने, “समुदायलाई योगदान गर्नु हाम्रो होटलको मूल मान्यता हो । शिक्षा नै समृद्ध समाजको जग भएकाले प्रत्येक बालबालिकाले सिक्नका लागि आवश्यक साधन र वातावरण पाउनुपर्छ भन्ने हाम्रो विश्वास छ। यो पहल त्यसतर्फको एउटा सानो र इमानदार प्रयास हो ।

कमलपोखरी क्षेत्रका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले मेरियटको यस सहयोगबाट आगामी दिनमा शैक्षिक स्तर अझ उकासिने अपेक्षा गरेको छ। सन् २०१९ देखि सञ्चालनमा आएको काठमाडौं मेरियट होटलले व्यवसायिक सफलतासँगै सामाजिक सेवाका क्षेत्रमा पनि निरन्तर कार्य गर्दै आइरहेको छ ।

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १४:०१ मा प्रकाशित

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...