२३ पुस, बुधबार काठमाडौँ । आज २०७६ साल पुस २३ गते बुधबार । काठमाडौँबाट प्रकाशित विभिन्न प्रत्रिकाहरुले भिन्न भिन्न विषयका समाचाररलाई प्राथमिकताकासाथ छापेका छन् ।
आज नयाँ पत्रिका दैनिकको मूख्य पृष्ठमा श्याम परदेशीभन्दा खुंखार साहुकार– ’न्याय माग्दै पीडितको अर्काे समूह काठमाडौँमा’ शीर्षकले प्राथमिकता पाएको छ । यो समाचारमा लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, र जिस्ट्रेसन नै पास गरेर लिने गरेका छन् भन्ने समाचारको विषय रहेको छ ।
त्यस्तै ‘बलात्कारका अभियुक्त गाउँ फर्केर भोजभतेर गरे बलात्कृत आँसु बोकेर काठमाडौँमा’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । बलात्कारपछि भारतको दिल्लीमा बेचिएकी नेपालगन्जकी २२ वर्षीया अनिसा शर्मा (नाम परिवर्तन) ले भोगेको पीडादायी घटना हो ।
कान्तिपुर दैनिकले पनि आफ्नो मुूख्य पृष्ठमा ‘न्यायालयले अन्याय गर्याे, पीडकले उत्सव मनाए’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको छ । यो समाचार बिनु सुवेदीले लेखेकी हुन् । त्यस्तै राजेश मिश्रको ‘ जनतामा लगिँदैनन् विधेयक’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । त्यस्तै गरी सेरेमोनियल बन्दै संसद् घनश्याम खड्काले लेखेको समाचारले पनि मूख्य पृष्ठमा स्थान पाएको छ ।
अन्न्पूर्ण पोस्ट दैनिकमा प्रदेश ३राजधानी– नेकपा हाइकमान्डको निर्देशन,जसरी पनि हेटौंडा ’ शीर्षकले प्राथमिकता पाएको छ भने खगेन्द्र भण्डारीले लेखेको ‘ निर्णय सच्याउन देउवा तयार ’शीर्षकले पनि स्थान पाएको छ । आयातमा कडाइ, एउटै चलानीबाट धेरै वस्तु ल्याउन नपाइने शीर्षकले पनि प्राथमिकता पाइको छ ।
राजधानी दैनिकमा मिटर ब्याजीको अर्काे धन्दा–राजपा केन्द्रीय सदस्य यादवमाथि ५ अर्ब ठगीको आरोप ’ शीर्षकले प्राथमिकता पाएको छ । राजधानीले पनि महेश्वर गौतमले लेखेको कांग्रेस जिल्ल सभापति भेला – निर्णय सच्याउन सभापति देउवा तयार ! शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।
नगरिक दैनिकले आफ्नो मूख्य पृष्ठमा यतीलाई ताहाचलको जग्गा भाडामा– ‘कौडीमा दिएपछि लुकाउने खेल’ शीर्षकको समाचारलाई प्राथमिकताकासाथ छापेको छ । क्रसर कार्यविधि, व्यवसायीको हितमा संशोधन शीर्षकको समाचार पनि छापएिको छ ।
वि.सं.२०७६ पुस २३ बुधवार ०८:०० मा प्रकाशित






























