
२३ पुष, काठमाण्डौं । इरानले इराकमा रहेका २ अमेरिकी शैनिक क्याम्पमा मिसाइल आक्रमण गरेको छ ।
उक्त कुराको पुष्टि अमेरिकी रक्षामन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार इरानले अमेरिकी सेना रहेका इराकका दुई स्थानमा दर्जनबढी मिसाइल आक्रमण गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
इरानका सरकारी संचार संस्थाहरुले यो आक्रमण आफ्ना शैनिक जनरल कासिम सुलेमानिको हत्याको बदलामा आक्रमण गरिएका हुन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै यी घटनाका बारेमा बुधबार बताउने जनाएका छन् ।
ट्रम्पले ट्विटमा लेखेका छन् कि, ‘सबै ठिक छ इरानले इराकमा हाम्रा दुई शैन्य अखडामा आक्रमण गरेको छ । त्यसमा कति हताहत र क्षति भयो भन्ने बारेमा समिक्षा भइरहेको छ । हाम्रो साथमा संसारकै शक्तिसाली सेना छन् । म बिहान यसका बारेमा बताउनेछु ।’
All is well! Missiles launched from Iran at two military bases located in Iraq. Assessment of casualties & damages taking place now. So far, so good! We have the most powerful and well equipped military anywhere in the world, by far! I will be making a statement tomorrow morning.
— Donald J. Trump (@realDonaldTrump) January 8, 2020
वि.सं.२०७६ पुस २३ बुधवार ०९:१५ मा प्रकाशित