back
CTIZAN AD

मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली जोखिममा ! हेर्नुहोस् पत्रपत्रिकाको समाचार

वि.सं.२०७६ पुस २५ शुक्रवार

951 

shares

२५ पुस, काठमाडौँ । आज २०७६ साल पुस २५ गते शुक्रबार । काठमाडौँबाट प्रकाशित विभिन्न प्रत्रिकाहरुले भिन्न भिन्न विषयका समाचारलाई प्राथमिकताकासाथ छापेका छन् ।

नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा ‘मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली जोखिममा ’शीर्षकको समाचारले प्राथमिकता पाएको छ । पर्शुराम काफ्ले र मुना कुवँरको समाचार हो यो । जसमा इरान र अमेरिकाबीच तनाब बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहेपनि संकट थपिँदै जाँदा उनीहरुको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । मध्यपूर्वमा रहेको नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको समाचारको विषय रहेको छ ।

त्यस्तै रामबाबुलाई कारबाही नगर्न राजपाको दबाब –ठगीको उजुरी दिने पीडितको सङख्या बढ्दै शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । टेकराज थामी र वीरेन्द्र ओलीले समाचार लेखेका छन् । त्यसैगरी सेक्युरिटी प्रिन्टिङ प्रेसमा भ्रष्टाचार, निर्णय सच्याउन सरकार तयार शीर्षकको समाचार पनि छापिएको छ ।

कान्तिपुर दैनिकमा सत्तारुढ दलका नेता र सरकारका उच्च अधिकारीको प्रतिबद्धता – ‘निजी क्षेत्रको मनोबल टुट्न दिन्नौ’ शीर्षकको समाचारलाई प्राथमिकताकासाथ छापिएको छ । त्यस्तै बिरामी ठग्दै ‘अन्तिम विकल्प ’ शिर्षकले पनि प्राथमिकता पाएको छ । बिना सुवेदीले समाचार लेखेकी छिन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा विकास थापाले लेखेको ‘तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप ’ शीर्षकको समाचारले प्राथमिकता पाएको छ । त्यस्तै नेकपामा संविधान संशोधन बहस शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । रामकृष्ण अधिकारीले लेखेको समाचार हो । त्यस्तै राजु बास्कोटाले लेखेको प्राधिकरण खारेज गर्छ, मन्त्रिपरिषद् ब्युँताउँछ शीर्षकको समाचारले पनि मुख्य पृष्ठमा प्राथमिकता पाएको छ ।

राजधानी दैनिकमा फरार अपराधी पक्रन सरकारी सुविधाबाट वञ्चित गराइँदै शीर्षकको समाचारले प्राथमिकता पाएको छ । निराजन पौडेलले लेखेको समाचार हो यो । त्यस्तै सरकारी अस्पतालमा शैया पाउनै मुस्किल – बाध्यताले निजीमा जान्छन् शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । प्रशान्त वलीले लेखेको समाचार हो । जसमा सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य भएको विषयलाई समिटिएको छ । त्यस्तै सकसमा नेपाली– एमसीसी र सभामुख अझै अनिर्णीत शीर्षकको समाचरले प्राथमिकता पाएको छ । त्यस्तैगरी कालोसूचीमा थपिएका थपियै ठेकेदार शीर्षकको समाचारले पनि स्थान पाएको छ । टेनिस रोक्काले यो समाचार लेखेका हुन् ।

नगरिक दैनिकमा ‘चढ्दै प्रदूषण पारो जोखिम न्यूनीकरण गर्न कार्ययोजना ’ शीर्षकको समाचारले प्राथमिकता पाएको छ श्रीराम सुवेदीले यो समाचार लेखेका हुन् । त्यस्तै ललितानिवास जग्गा हिनामिना प्रकरण छानबिनमा मन्त्रालयकै असहयोग शीर्षकको समाचारले पनि स्थान पाएको छ ।
त्यस्तैगरी ‘ छाता ओढेर कक्षामा ’शीर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ दिनेश सुवेदीले लेखेका हुन् । यो रोल्पाको समाचार हो ।

वि.सं.२०७६ पुस २५ शुक्रवार ०८:०० मा प्रकाशित

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

फरार भारतीय कैदी पक्राउ

फरार भारतीय कैदी पक्राउ

चितवन । कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...