२५ पुष, काठमाण्डौं । बहु परिचित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनलाई नयाँ विकल्प सहित संसदबाट पारीत गर्ने समाचार हल्ला मात्र ै भएको प्रधानमन्त्री कार्यालयले बताएको छ ।
संसदको अंग नै नबनि सकेको विषय भएकोले बाहिर आएका समाचार सबै हावदारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।
सन् ०१७ मा संम्झौता हुँदा नै एमसीसीलाई संसदबाट अनुमोदन गराउने उल्लेख भइसकेकोले यसलाई अन्य कोणबाट प्रचार गर्नु उपयुक्त नभएको थापाले बताए ।
‘अहिले भनिएको बीचको बाटोको विषयमा प्रधानमन्त्रीले बोल्नु भएकै छैन । संसदबाट पारित गर्ने ०१७ मै सहमति बनेको हो । त्यसभन्दा बढी अरुकेही भएकै छैन ।’ प्रेस सल्लाहकार थापाले संसारन्युजसँगको कुराकानीमा बताए ।
वि.सं.२०७६ पुस २५ शुक्रवार ०८:२३ मा प्रकाशित






























