back
CTIZAN AD

अष्ट्रेलियामा भएको आगलागीमा बौद्ध भिक्षुहरुको प्रार्थना

वि.सं.२०७६ पुस २५ शुक्रवार

771 

shares

२५ पुस, काठमाडौँ । बौद्ध भिक्षुहरुले हाल अष्ट्रेलियामा भएको भीषण आगलागीमा परी दर्दनाक मृत्युवरण गर्न पुगेका मानिस तथा करोडौँ जीवजन्तुको मोक्षका लागि आज बौद्धमा प्रार्थना गरेका छन् ।

विपत्का कारण हताहत भएको दुखद् घटनाप्रति समवेदना प्रकट गर्दै भिक्षुहरुले बौद्ध साहित्यका आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्रणिधान पाठ गरेका हुन् । बुद्धवचन अनुवाद समिति नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा ती विषयवस्तुलाई पाठ गरेमा सकारात्मक ऊर्जा प्राप्त भई दिवङ्गत भएका मानिस तथा प्राणीको मुक्ति हुने धर्मावलम्बीको विश्वास छ ।

उक्त घटनाबाट मृत्युवरण गर्न पुगेका ती सम्पूर्ण प्राणीको शान्तिका लागि प्रार्थना गरिएको उक्त कार्यक्रममा अष्ट्रेलियामा १० हजार ऊँट मार्न लागिएकामा त्यसो नगर्न आग्रह गरिएको छ । केही महिना अगाडि त्यहाँ लागेको डढेलोका कारण ठूलो धनजनको क्षति पुगेको जनाइएको छ ।

सोही कार्यक्रममा मुलुकमा सुख, शान्ति तथा राष्ट्र कल्याणको कामना गर्दै सम्पूर्ण प्राणीको सुख, शान्ति र समृद्धिको कामनासमेत गरिएको छ ।
समितिले बौद्ध दर्शनको महत्वपूर्ण साहित्य प्रज्ञा पारमितालाई भोट भाषाबाट नेपालीमा अनुवादसमेत गर्न लागेको छ । समितिका अध्यक्ष टीका शेर्पाले करीब रु चार करोडको लागतमा सो साहित्य नेपालीमा अनुवाद सम्पन्न गरिने जानकारी दिए ।

वि.सं.२०७६ पुस २५ शुक्रवार १६:०८ मा प्रकाशित

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय...