back
CTIZAN AD

राष्ट्रसङ्घले भन्यो-विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस्

वि.सं.२०७६ पुस २५ शुक्रवार

723 

shares

२५ पुष, संयुक्त राष्ट्रसङ्घ । इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमानबारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसङ्घले गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिएका हुन् । हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय, आइकाओलाई उद्धृत गर्दै हकले भनेका छन् “ संयुक्त राष्ट्रसङ्घ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहन्छ, आइकाओको आधिकारिक भनाइ पनि यही हो ।”

हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय, आइकाओलाई उक्त विमान दुर्घटनाको सामान्य जानकारी मात्र गराइएको र यसको छानबिनको लागि आवश्यक सहयोग नमागिएको बताइएको छ । सोही कारण उक्त निकायले विमान दुर्घटनाको कारण राम्रोसँग पत्ता लागोस् भन्ने चाहेको बताइएको छ ।

हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाइ दिनुपर्ने बताएको छ । प्रवक्ता हकले उक्त विमानको दुर्घटना भएको दिनदेखि महिना दिनभित्र सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान गरी यसको प्रारम्भिक प्रतिवेदन दिन पनि इरान सरकारसँग आग्रह गरेको ।

अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत मंगलबार इरानमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा नौ जना चालक दलका सदस्यसहित १७६ जना यात्रामा रहेका थिए । ती सबै जना यात्रुको निधन भएको छ । उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान गरिरहेको जानकारी इरानले दिएको छ । इरानले बिहीबारमात्र दिएको जानकारीअनुसार सो विमानको ‘ब्ल्याकबक्स’ भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा पाइएको जानकारी पनि इरानले बिहीबार दिएको थियो । इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेको प्रारम्भिक जानकारी इरान सरकारले सार्वजनिक गरेको हो । इरानको उड्डयन सङ्गठनका प्रमुख अली अबेद्जादेले भने, “विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिनेगरी नै क्षति भएको पाइएको छ ।”

त्यसैगरी अहिलेसम्मको अनुसन्धानबाट विमान दुर्घटनापूर्व विमान चालकबाट त्यस्तो कुनै असामान्य खालको सन्देश प्राप्त भएको आवाज पनि प्राप्त नभएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको इरानी अधिकारीले बताएका छन् । इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा अनुसन्धानका लािग सूचित गरेको बताइएको छ । तर उता अनुसन्धानका लागि कुनै जानकारी नपाइएको आइकाओले जनाएको छ ।

इरानले गरेको आन्तरिक तथा प्रारम्भिक प्रतिवेदनले विमान आठ हजार फिटमाथि आकाशमा रहेको समयमा राडारसँगको सम्पर्क गुमेको र त्यो सम्पर्क गुमेको छोटो समयमै विमान दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ । इरान सरकारले गरेको यो अनुसन्धानमा प्रत्यक्षदर्शीहरुलाई पनि समेटेको छ । उनीहरुले विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको बताएका थिए ।

विमानमा आगो लागेर समस्या देखिएपछि विमान चालकले दिशा बदलेर विमानस्थलतर्फ फर्काउन खोजिएको अनुमान अधिकारीले गरेका छन् । यस तथ्यलाई पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको )द्वन्द्वको समय रहेको थियो । त्यस समय इरानले इराकमा रहेको अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र हानेको थियो ।

सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् भन्ने अपेक्षा राष्ट्रसङ्घले गरेको छ । सिन्ह्वा

वि.सं.२०७६ पुस २५ शुक्रवार १८:१४ मा प्रकाशित

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

फरार भारतीय कैदी पक्राउ

फरार भारतीय कैदी पक्राउ

चितवन । कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...