back
CTIZAN AD

अत्यधिक वर्षाले लियो अङ्गोलामा ४१ को ज्यान

वि.सं.२०७६ पुस २५ शुक्रवार

846 

shares

२५ पुष, लुआन्दा ।  अत्यधिक वर्षाका कारण अङ्गोलामा यस हप्ताको शुरुमा ४१ जनाको मृत्यु भएको छ । गृहमन्त्री एगेनीयो केसर लबोरिन्होले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो ।

राष्ट्रिय नागरिक संरक्षण आयोगको पहिलो बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले अत्यधिक वर्षापछिका विभिन्न घटनाका कारण अरु धेरै जना प्रभावित भएको जानकारी दिए । वर्षासँगै आएको बाढीले घरहरुसँगै विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको छ भने, कृषिजन्य उत्पादनसमेत नष्ट गरिदिएको छ ।

वर्षाका कारण विद्युत् सेवा, खानेपानी वितरण प्रणाली, सडक सञ्जाललगायत अवरुद्ध भएका छन् । यसले आर्थिक वृद्धिद्धरमा समेत असर पारेको गृह मन्त्री केसरले बताउनुभयो । मन्त्री केसरका अनुसार बाढीले देशको राजधानी लुआन्दा, विए, बेङगुएला, हुआम्बो, कुअन्जा नोर्ट, कुअन्जा सुल, लुन्डा सुल र नोर्ट, मलङ्गे, नामिब, उइगे र जाइरलगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।
देशभर २५ सय परिवार बाढीबाट प्रभावित भएको सरकारी विवरणमा उल्लेख गरिएको छ ।

त्यसैगरी ३७८ घर क्षतिग्रस्त भएको, ९७५ घर जलमग्न भएको, १२ चर्च भत्किएको र चार वटा पुल पनि क्षतिग्रस्त भएको सरकारी विवरण छ । सिन्ह्वा

 

वि.सं.२०७६ पुस २५ शुक्रवार १८:१६ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...