back
CTIZAN AD

आज शनिबार, शनि भगवानको दर्शन गर्नुहोस् र पढ्नुहोस् आजको राशिफल

वि.सं.२०७६ पुस २६ शनिवार

1K 

shares

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ । ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतले मानसम्मान दिलाउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन् । लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

छर-छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ । तारिफयोग्य कामको चर्चा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न मुस्किल पर्नेछ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक उत्तरदायित्व वहन गर्दै लाभदायक जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । नयाँ काम थाल्न केही समय पर्खनुपर्ला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । काम बन्नुका साथै धनलाभ हुनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ । तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन् । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

केही समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ । साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ ।

पुस २६ (२०२० जनवरी ११)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस् त ज्योतिषशास्त्र अनुसार यी राशिको लागि हुनेछ आज भाग्योदय

वि.सं.२०७६ पुस २६ शनिवार ०७:३४ मा प्रकाशित

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...