back
CTIZAN AD

सुध्रिएको साताको शेयर बजार : चार अर्ब माथिको कारोवार

वि.सं.२०७६ पुस २६ शनिवार

657 

shares

सन् २०२० को शुरुआतीसँगै नेप्सेमा देखिएको सुधार साताभर नै कायम रहेका कारण बजारले गुणात्मक लय समात्न सफल भएको हो । कारोवार रकम र नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि त्यसैको परिचायक बन्न पुग्यो ।

२६ पुष । साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल ग¥यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत नयाँ उचाइ हासिल ग¥यो ।

लगानीकर्तामा एक प्रकारको उत्साह जगाउन सफल साताको रुपमा यस हप्ता कायम रह्यो । साताभर कूल १७९ कम्पनीका एक अर्ब ४६ करोड ८२ हजार ५५३ कित्ता शेयर रु चार अर्ब २२ करोड ५६ लाख ३२ हजार ८२७ बराबरमा कारोवार भयो ।

सन् २०२० को शुरुआतीसँगै नेप्सेमा देखिएको सुधार साताभर नै कायम रहेका कारण बजारले गुणात्मक लय समात्न सफल भएको हो । कारोवार रकम र नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि त्यसैको परिचायक बन्न पुग्यो ।

सातामा कारोवार हुने पाँच दिनमध्ये बुधबार मात्रै नेप्से सामान्य अङ्कले घट्यो । अन्य दिन भने बजारमा सकारात्मक परिवर्तन देखियो । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुग्यो । नेप्सेको छलाङसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता शेयर रु ७१ करोड २४ लाख २५ हजार ८२७ मूल्यमा खरीद बिक्री भए ।

सोमबार पनि नेप्से परिसूचक १८ अङ्कले बढ्यो । त्यस दिन नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुग्यो । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघ्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि भारी वृद्धि भयो । स्टकका अनुसार कूल १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर रु ८४ करोड २५ लाख ८२ हजार १५० मा खरिद बिक्री भए ।

मङ्गलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुग्यो । धेरै पछि कारोवार रकम अर्बमाथि पुग्यो । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर रु एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए ।

बुधबार भने नेप्से ७.३२ विन्दुले घट्यो । कूल १७२ कम्पनीका २१ लाख ८५ हजार ३९७ कित्ता शेयर रु ७३ करोड आठ लाख ५२ हजार ३४५ मूल्यमा खरिद बिक्री भए ।

बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । त्यस दिन नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुग्यो । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ । कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ मूल्यमा खरिद बिक्री भए ।

साताभर विभिन्न चार कम्पनीको शेयर सूचीकृत भए । त्यसमा अपि पावर कम्पनीको पाँच लाख ६७ हजार कित्ता शेयर लाभांश, ग्लोबल आइएमइ बैंकको एक करोड ३३ लाख छ हजार ५५७ कित्ता शेयर लाभांश, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सात लाख ५१ हजार ८६० कित्ता शेयर लाभांश तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५७ हजार ६०० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।
(रासस)

वि.सं.२०७६ पुस २६ शनिवार १८:५५ मा प्रकाशित

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...