back

लुम्बिनी र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध

वि.सं.२०७६ पुस २६ शनिवार

342 

shares
GLOBAL IME AD
NTC AD

२६ पुष । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको विश्व सम्पदा सूचीमा सूचीकृत काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

शुक्रबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनबीच भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री नुरीया फ्लोरेस रेडोन्डो र प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको उपस्थितिमा भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो । यसैगरी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी वरिपरिका नगरपालिका तथा गाउँपालिकाबीचमा पनि भगिनी सम्बन्ध विस्तारका लागि हस्ताक्षर भएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुयल भिलानोभासँग देवदह नगरपालिका प्रमुख हीराबहादुर केसी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ, मायादेवी गाउँपलिका प्रमुख धु्रवनारायण चौधरी, शुद्धोधन गाउँपालिका प्रमुख निसार अहमद खान र गैँडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवटले भगिनी सम्बन्धमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले भगिनी सम्बन्ध विस्तारले दुवै देशको कूटनीतिक सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरिन् । लुम्बिनीलाई आकर्षक पर्यटकीयस्थलको रूपमा विकास गर्ने तयारी भइरहेका बेला भएको हस्ताक्षर पर्यटन प्रवद्र्धनमा र एक अर्को देशको संस्कृति आदान–प्रदानमा महत्वपूर्ण सावित हुने बताइन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारसामु चिनाउन र लुम्बिनी वरिपरिका नगर र पालिकालाई आधुनिक एवं व्यवस्थित पालिकाको रुपमा विकास गर्न विभिन्न देशका शहरसँग सम्बन्ध स्थापना गरेर अगाडि बढ्ने तयारीमा रहेको बताइन् । काथेरेस नगरपालिकाका प्रमुख लुइसले बुद्ध जन्मस्थलमा आएर सांस्कृतिक नगरसँग भगिनी सम्बन्धमा हस्तारक्षर गर्न पाउँदा खुशी लागेको बताइन् ।
(रासस)

वि.सं.२०७६ पुस २६ शनिवार १९:११ मा प्रकाशित

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...

कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर । कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति...

बाँकेमा २० प्रजातिका चरा भेटिए

बाँकेमा २० प्रजातिका चरा भेटिए

  बाँके । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना...

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

जानकी (बाँके) । वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका...

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

गुल्मी । छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु...