back
CTIZAN AD

लुम्बिनी र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध

वि.सं.२०७६ पुस २६ शनिवार

765 

shares

२६ पुष । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको विश्व सम्पदा सूचीमा सूचीकृत काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

शुक्रबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनबीच भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री नुरीया फ्लोरेस रेडोन्डो र प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको उपस्थितिमा भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो । यसैगरी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी वरिपरिका नगरपालिका तथा गाउँपालिकाबीचमा पनि भगिनी सम्बन्ध विस्तारका लागि हस्ताक्षर भएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुयल भिलानोभासँग देवदह नगरपालिका प्रमुख हीराबहादुर केसी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ, मायादेवी गाउँपलिका प्रमुख धु्रवनारायण चौधरी, शुद्धोधन गाउँपालिका प्रमुख निसार अहमद खान र गैँडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवटले भगिनी सम्बन्धमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले भगिनी सम्बन्ध विस्तारले दुवै देशको कूटनीतिक सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरिन् । लुम्बिनीलाई आकर्षक पर्यटकीयस्थलको रूपमा विकास गर्ने तयारी भइरहेका बेला भएको हस्ताक्षर पर्यटन प्रवद्र्धनमा र एक अर्को देशको संस्कृति आदान–प्रदानमा महत्वपूर्ण सावित हुने बताइन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारसामु चिनाउन र लुम्बिनी वरिपरिका नगर र पालिकालाई आधुनिक एवं व्यवस्थित पालिकाको रुपमा विकास गर्न विभिन्न देशका शहरसँग सम्बन्ध स्थापना गरेर अगाडि बढ्ने तयारीमा रहेको बताइन् । काथेरेस नगरपालिकाका प्रमुख लुइसले बुद्ध जन्मस्थलमा आएर सांस्कृतिक नगरसँग भगिनी सम्बन्धमा हस्तारक्षर गर्न पाउँदा खुशी लागेको बताइन् ।
(रासस)

वि.सं.२०७६ पुस २६ शनिवार १९:११ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...