back
CTIZAN AD

अमेरिका–इरान तनावबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा

वि.सं.२०७६ पुस २६ शनिवार

648 

shares

२६ पुष । अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबार मध्यपूर्वको पाँच दिने भ्रमण सुरू गरेका छन् ।

भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गुर्नुहुने जापानी प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ ।

प्रधानमन्त्री आवेले भने, “जापानको खाडी मुलुकहरू साउदी अरब, यूएई र ओमनसँगको मित्रतापूर्ण सम्बन्धका आधारमा त्यहाँका नेताहरूसँग मध्यपूर्वको राजनीतिक स्थिरताका लागि कूटनीतिक पहलका लागि आग्रह गर्नेछु ।”

भ्रमण टोकियोले सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का अधिकारी र हार्डवेयरको लागि सूचना सङ्कलन अभियानपूर्व भएकोले पनि विशेष महत्वका साथ हेरिएको छ । अभियान ओमनको खाडी र अरबी सामुद्रिक क्षेत्रमा सञ्चालन हुने तय भएको छ ।

प्रधानमन्त्री आवेले आफूले जापानी व्यवसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूत गर्न ती खाडी मुलुकलाई जापानी अभियानको उद्देश्य बताउन र समर्थन प्राप्त गर्नका लागि भ्रमणलाई सदुपयोग गर्नुहुने अनुमान गरिएको छ । यस बाहेक अमेरिका र इरानबीच पछिल्ला केही दिन यता बढेको तनाब मथ्थर गर्न खाडी मुलुकहरूका नेताहरूसँग वार्ताहरू हुने जापानले बताएको छ ।

प्रधानमन्त्री आगामी बुधबार स्वदेश फर्किने कार्यक्रम छ । .(एजेन्सी)

वि.सं.२०७६ पुस २६ शनिवार १९:२१ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...