२८ पुस, काठमाडौँ । शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई शिष्यलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शिवानन्दलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ३० वर्षीय शिवानन्द आफू तन्त्रविद्याको गुरु भएको दाबी गर्थे । शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका शिवानन्दविरुद्ध ४ जना शिष्यले प्रहरीमा उजुरी दिएका थिए ।
वि.सं.२०७६ पुस २८ सोमवार १४:५७ मा प्रकाशित






























