back
CTIZAN AD

आगलागी हुँदा रु ४८ लाखको क्षति

वि.सं.२०७६ पुस २९ मंगलवार

735 

shares

२९ पुस, खोटाङ । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, रु दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको हो ।

आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

आज बिहान करीब ८ः०० बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो ।

अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक छन् । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।

वि.सं.२०७६ पुस २९ मंगलवार १४:४१ मा प्रकाशित

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

इलाम । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै...