back
CTIZAN AD

शिविर चलाएर नेकपाको सदस्यता नवीकरण

वि.सं.२०७६ पुस २९ मंगलवार

771 

shares

२९ पुस, झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ ।

झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने नेकपाका कार्यालय सचिव शिव ढुङ्गेलले बताए ।

शिविरमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका पार्टी सदस्यको सदस्यतालाई नेकपा सदस्यका रूपमा अद्यावधिक गरिने र सदस्यता विवरणमा जन्म मितिलगायतमा रहेका त्रुटिसमेत सच्याइने उनले जानकारी दिए । पार्टी एकीकरणपछि बनेको नेकपामा दुई वर्षयता सदस्यको अद्यावधिक भएको थिएन ।

भिन्न दलबाट आएका सदस्यको भावनात्मक अन्तरघुलनका लागि समेत सदस्यता नवीकरण शिविर उपयोगी हुने पार्टीका विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँ बताउँछन् । जिल्लामा नेकपाका ३२ हजार ८५५ पार्टी सदस्य रहेका कार्यालय सचिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार तत्कालीन नेकपा एमालेबाट २४ हजार १९८ र तत्कालीन नेकपा माओवादी केन्द्रबाट आठ हजार ६५७ सदस्य नेकपामा समाहित भएका छन् ।

वि.सं.२०७६ पुस २९ मंगलवार १५:४८ मा प्रकाशित

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

इलाम । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै...