back
CTIZAN AD

पुरानो संसद् भवन नयाँ बनाउन विकास समितिको निर्देशन

वि.सं.२०७६ पुस २९ मंगलवार

780 

shares

२९ पुस, काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ । समितिको आजको बैठकमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिएकी हुन् ।

साविक मौलिकता रहने गरी भवन बनाउन उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई निर्देशन गरिएको बैठकमा जानकारी दिए । सिंहदरबारभित्रै भूकम्पले क्षति पुगेको भवन प्लास्टिक ओढाएर राख्दा पुनःनिर्माणकोका काम हुन नसकेको सन्देश गएकाले पुरानैस्वरुपमा नयाँ भवन बनाउनुपर्ने माग सांसदहरुले गरेका थिए । सांसद रामबहादुर विष्ट, यज्ञराज सुनुवार, रङ्गमती शाही लगायतले भवन धरापमा नराखी के गर्ने हो छिटो निर्णय गर्न माग गरेका थिए ।

बैठकमा प्राधिकरणका सचिव शिवहरि शर्मा र शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले नीतिगत निर्णय राजनीतिक नेतृत्वबाट हुनुपर्ने माग गरेका थिए ।

वि.सं.२०७६ पुस २९ मंगलवार १६:३६ मा प्रकाशित

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौँ । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

फरार भारतीय कैदी पक्राउ

फरार भारतीय कैदी पक्राउ

चितवन । कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...