back
CTIZAN AD

८६ करोडको मुद्दामा अड्कियो प्रदेशसभा ,हेर्नुहोस् पत्रपत्रिकाको समाचार

वि.सं.२०७६ माघ २ बिहीवार

1K 

shares

२ माघ ,काठमाडौँ । आज २०७६ साल माघ २ गते बिहीबार । काठमाडौँबाट प्रकाशित विभिन्न पत्रप्रत्रिकाहरुले भिन्न भिन्न विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकमा ‘८६ करोडको मुद्दामा अड्कियो प्रदेशसभा’ शीर्षकको समाचारले मुख्य पृष्ठमा प्राथमिकता पाइको छ । अजित तिवारीले लेखेको समाचार हो यो । समाचारमा गत आर्थिक वर्षको ८६ करोड रुपैयाँ भुक्तानीको विषयलाई लिएर प्रदेश २ को प्रदेशसभामा गत भदौदेखि जारी गतिरोध अझै हटेको छैन । उपभोक्ता समितिलाई‘उचालेर’ विपक्षी र सत्तासीन दलका सांसदहरु आफैँ पनि भुक्तानी माग्दै प्रदर्शनमा उत्रिएपछि पछिल्लो समय प्रदेशसभा बैठक नै अनिश्चितकालका लागि स्थगन गरिएको विषय रहेको छ ।त्यस्तै खर्च झन् कमजोर– १ खर्ब ७४ अर्ब खातामै शीर्षकको समाचार पनि छापिएको छ । कृष्ण आचार्यको समाचार हो यो ।

अन्नपुर्ण पोस्ट दैनिकमा रेशम छिट्टै छुट्छन्–दाहाल शीर्षकले प्राथमिकता पाएको छ । समाचारमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद् रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । पुष्पराज आचार्यको ‘अर्थतन्त किन ओरालोतिर ’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । त्यस्तै दलितलाई निःशुल्क शिक्षा शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । सूर्यप्रसाद पाण्डेको समाचार हो ।

राजधानी दैनिकमा ‘ पूर्वमन्त्रीहरुद्वारा कानुन उल्लंघन ’शीर्षकको समाचारले प्राथमिकता पाएको छ । भने ‘अझै टरेको र्छैन भूकम्पीय जोखिम’ भनेर सविन शर्माको समाचारले पनि प्राथमिकता पाएको छ । त्यस्तै भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा– रोजगारीका नाममा ठगिँदै नेपाली युवा शीर्षकको समाचार पनि प्राथमिकतासाथ छापिएको छ । एमके माझीले लेखेको समाचार हो यो ।

गोरखापत्र दैनिकमा‘ पूर्वमा पनि पेट्रोलियम पाइपलाइन’ शीर्षकको समाचरले प्राथमिकता पाएको छ । भउचप्रसाद यादवको समाचार हो यो । त्यस्तै एकैदिन ४२ अर्ब राजश्व शीर्षकको समाचारले पनि पथमिकता पाएको छ । शान्ति लामाको राष्ट्रपतिसँग रमाए बालबालिकाशीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।

वि.सं.२०७६ माघ २ बिहीवार ०७:५० मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...