३ माघ, काठमाडौँ । पौष ३ गते भएको आईपिएल अक्सनमा केहि खेलाडिहरु करोडौँको मुल्यमा बिके भने केहि खेलाडिको आईपिएल खेल्ने सपना अधुरै रहेको थियो । पौष ३ भएको आईपिएल अक्सनमा सबै टिमले आफुलाई चाहिने खेलाडिहरु टिममा भित्राएर टिम पुरा गरिसकेका छन ।
त्यसै गरी सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले पनि २०२० को आईपिएलका लागि २२ खेलाडि टिममा भित्राईसकेको छ । सन्दिप लामिछानेलाई भने दिल्ली क्यापिटल्सले रिटेन्ड गरेको थियो । दिल्ली क्यापिटल्समा सन्दिप लामिछाने सहित ७ विदेशी खेलाडिहरु रहेका छन ।
२०२० को आईपिएल चैत १६ बाट सुरु हुने छ । दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पोन्टिङ रहेका छन भने कप्तानी श्रेयस अय्यरले गर्ने छन ।
दिल्ली क्यापिटल्सका लागि खेल्ने २२ खेलाडिका नाम यस प्रकारका रहेका छन ।
ब्याट्सम्यान : श्रेयस अय्यर, अजिंक्य राहणे, शिखर धवन, पृथ्वी शह, जेशन रोय, शिमरोन हेटमायर ।
अलराउण्डर : एक्सर पटेल, ललित यादव, किमो पल, मार्कस स्टोइनिस ।
विकेट किप्पर : रिषभ पंत, एलेक्स केरी ।
बलर : अमित मिश्र, आवेश खान, हर्षल पटेल, ईशांत शर्मा, तुषार देशपांडे, मोहित शर्मा ,क्रिस वेक्स,कागिसो रबाडा, रविचन्द्रन अव्श्रिन, सन्दिप लामिछाने ।
वि.सं.२०७६ माघ ३ शुक्रवार १३:४२ मा प्रकाशित






























