३ माघ, काठमाडौं । समाजवादी पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु गरेको छ । अभियान (आज) शुक्रवारदेखि सातै प्रदेशबाट एकसाथ शुरु भएको हो । गत वैशाखमा संघीय समाजवादी र नयाँ शक्तीबीच पार्टी एकीकरण भएपछि संगठन विस्तारका लागि अभियान शुरु गरिएको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमूख विश्वदीप पाण्डेले जानकारी दिए ।
अभियानको सुरुवात प्रदेश–१ मा वरिष्ठ नेता अशोक राई, प्रदेश–२ मा अध्यक्ष उपेन्द्र यादव, वागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, ५–प्रदेशमा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले गरेका छन् ।
तीन महिनासम्म चल्ने अभियानले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण र पार्टीको विचार जनताबीचमा लैजाने पाण्डेले बताए ।
वि.सं.२०७६ माघ ३ शुक्रवार १४:३३ मा प्रकाशित






























