back
CTIZAN AD

लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्ने

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

1K 

shares

२४ मङ्सिर,पोखरा । समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको अभियान सहर भन्दा पनि गाउँ केन्द्रित हुनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

चिल्ड्रेन नेपाल र महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीद्वारा संयुक्तरुपमा आयोजित “लैङ्गिक हिंसा र यसको प्रभाव” विषयक एक दिने अनुशिक्षण कार्यक्रममा सो जोड दिइएको हो ।

महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका सचिव अधिवक्ता कल्पना भण्डारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा चिल्डे«न– नेपालले विभिन्न विद्यालयमा पठनपाठनमा सहयोग पु¥याउँदै आएका ६५ जना बालबालिकाका अभिभावकको सहभागीता रहेको थियो ।

चिल्डे«न नेपालका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिका लागि नागरिक समाज सञ्जालका पूर्व अध्यक्ष सरला पाण्डे, मानवअधिाकार महिला रक्षक सञ्जालका जानकी शर्मा, सिविनका शेखर नेपालीलगायतले महिलामाथि हुने जुनसुकै प्रकृतिका विभेद्को अन्त्य गर्न सचेतना कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर २४ शुक्रवार १०:२३ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...