back
CTIZAN AD

आदरार्थी भाषाको प्रयोगलाई नबिगार्ने तर्फ ध्यान पुर्याउने हो कि ?

वि.सं.२०७६ माघ १३ सोमवार

825 

shares

हुन त म नेपाली भाषाको ज्ञाता होइन । तर मलाई यति कुरा उठाउन मन लागेको छ । अंग्रेजीमा जस्तो नेपाली भाषामा व्यक्तिबोधक सर्वनाम एउटै शब्दबाट अभिव्यक्त गर्न सकिन्न । अंग्रजीम ‘यु’ भने पुग्ने सर्वनामलाई नेपालीमा अवस्था अनुसार ‘तँ, तिमी, तपाईं, हजुर’ ले सम्बोधन गरिन्छ । मैले उठाउन खोजेको प्रसंग यहाँनेर के हो भने नेपाली सञ्चार क्षेत्रमा किन यी सर्वनामको प्रयोगमा एक रुपता देखिंदैन ।

टेलिभिजन समाचारमा होस् वा पत्रिकामा छापिने समाचार किन नहोस् मुलुकका सम्मानित पदमा पदासिन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतका पदाधिकरीलाई सम्बोधन गर्दा ‘वहाँले’ भन्नुपर्ने ठाउँमा ‘उनले’ भन्ने सर्वनामको प्रयोग गरेको देखिन्छ । त्यसो त राष्ट्रपति देखि कार्यालय सहयोगीसम्म वा जुनसुकै नागरिक किन नहोस् तपाईं जनाउने सर्वनामको प्रयोग गर्दा नै एकले अर्कोलाई आदर सम्मान गर्ने नेपाली संस्कृतिको उत्थान र भाषाको सम्वृद्धि हुन्छ भन्ने मलाई लाग्दछ ।

हाम्रा नानीहरुले पनि सञ्चार माध्यमबाटै सभ्यताको सिको गर्दै जाने हुन् । उदाहरणका लागि मानौं कि बाबुआमा संगै बसेर समाचार हेरिरहेको स्कूल पढ्ने कुनै नाबालकले समाचार वाचकको मुखबाट ‘राष्ट्रपतिले यसो भनिन्’ भन्ने भाषा सुनेर ‘ए बा ! ए आमा ! तिमीहरुले मलाई अहिले नै एउटा केक किनेर ल्याइदेउ ल’ भन्यो भने कस्तो सुनिन्छ होला ?

फेरि, सञ्चार माध्यमको व्याकरणिक नियम त्यही हो कि भनेर बुझौं भने प्रथम पृष्ठमा राष्ट्रपतिलाई ‘तिमी’ छापिरहेको त्यही पत्रिकामा अर्को कुनै पृष्ठमा कतै कुनै देशको पूर्वराजदूत वा खेलाडीलाई वहाँले यसो गर्नुभयो भनेर पनि लेखेको पाइन्छ ।

त्यसकारण मेरो विचारमा सञ्चार माध्यमजस्ता नागरिक समक्ष सत्य तथ्य समाचार संप्रेषण गर्ने प्रभावकारी निकायका व्यवस्थापकहरुले यसतर्फ एकपटक गम्भीर रुपमा छलफल गरी सञ्चार माध्यममा नेपाली आदरार्थी भाषाको प्रयोगलाई नबिगार्ने तर्फ ध्यान पुर्याउने हो कि ?

प्रस्तुत विचार न्यायाधिश कुँवरको सामाजिक संजाल फेसबुकबाट लिइएको हो ।

वि.सं.२०७६ माघ १३ सोमवार ०९:०० मा प्रकाशित

पशुपालन व्यवसायमा उत्पादन लागत घटाउने रणनीति

पशुपालन व्यवसायमा उत्पादन लागत घटाउने रणनीति

पृष्ठभूमि तथा हाम्रो परिवेश नेपाल एक ऐतिहासिक रूपमा कृषि तथा...

महाविनाशकारी भोटेकोशी बाढीको भूराजनीतिक पाटो

महाविनाशकारी भोटेकोशी बाढीको भूराजनीतिक पाटो

नेपाल र चीनबीचको भोटेकोशी बाढीको भूराजनीति एउटा अत्यन्तै संवेदनशील, समसामयिक...

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपाल फेरि एकपटक गम्भीर राष्ट्रिय विपत्तिको सामना गरिरहेको छ। २६...

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

म हिन्दू हुँ म पनि शेरबहादुर देउवा जस्तै हिन्दू हुँ।...

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...