back
CTIZAN AD

सवारी दुर्घटनामा ४ जनाको ज्यान गयो

वि.सं.२०७६ माघ १५ बुधवार

774 

shares

१५ माघ काठमाडौं । काठमाडौँ , चितवन, सल्यान र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ ।

काठमाडौं, कागेश्व री मनहरा नगरपालिका- ६ स्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री भक्तपुर ठिमी बस्ने सिन्धुली घर भएका ३७ वर्षीय बासु कार्कीको शंकरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका -५ कल्याणपुरस्थित सडकमा ना.५५ प १४२५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सल्यान, छत्रेश्वरी गाउँपालिका- ६ स्थित सडकमा रा.३ प ७००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दार्मा गाउँपालिका बस्ने ४४ वर्षीय टेक बहादुर केसीको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिया, बारबर्दिया नगरपालिका -८ कालिकास्थित सडकमा भे.१ त ६५८६ नम्बरको ट्याक्टरले भे.६ प ३४८८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिंदा मोटरसाइकल चालक बारबर्दिया नगरपालिका ९ ढकेला बस्ने २१ वर्षीय उमेश पौडेलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने २१ वर्षीय सन्तोष चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ माघ १५ बुधवार १४:४७ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...