back
CTIZAN AD

नेकपा केन्द्रीय कमिटी बैठकः महाधिवेशनको मिति तय

वि.सं.२०७६ माघ १५ बुधवार

666 

shares

१५ माघ, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले पार्टी महाधिवेशनको मिति टुंगो लगाएको छ । आगामी वर्ष ०७७ सालको चैत २५ देखी ३० गतेसम्म पार्टी महाधिवेशन गर्ने विषयमा शीर्ष नेताहरु सहमत भएका छन् । यस निर्णयलाई केन्द्रीय कमिटीले पारित गर्नेछ ।

आजैबाट शुरु भएको बैठक काठमाडौंको राष्ट्रिय सभागृहमा बसिरहेको छ । पार्टी कार्यालयमा सबै अट्न सम्भव नभएकाले सभागृहको हलमा बैठक बसेको हो । बैठकको प्रधानमन्त्री केपी ओलीले उद्घाटन मन्तव्य राखेका थिए ।

एमाले र एमाओवादी पार्टी एकतापछि यो दोस्रो बैठक हो । केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन् । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्ने तयारीमा छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । विधान संशोधन भएपछि वामदेव गौतम उपाध्यक्ष हुनेछन् ।

वि.सं.२०७६ माघ १५ बुधवार १५:१७ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...