सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकस्थलमा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै कार्यकर्ताहरुले विरोध जनाइरहेका छन् । राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा बैठकको बुधवारबाट शुरु भएको बैठकस्थलको मञ्चमा आदर्श कम्युनिस्ट नेताहरु कार्ल मार्क्स र एंगल्स, लेनिनलगायतको फोटो झुण्ड्याईएको थिएन ।
नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले आयोजना गर्ने कार्यक्रममा मार्क्स, एंगल्स लगायतकाको फोटो राख्ने प्रचलन छ । नेपालका वामपन्थीहरुले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको तस्वीर कार्यक्रमहरुमा राख्ने गरेका छन् भने तत्कालिन नेकपा एमालेले पूर्व महासचिव मदन भण्डारीलाई जननेताको रुपमा लिँदै उनको तस्वीरलाई महत्वका साथ कार्यक्रमहरुमा प्रस्तुत गर्दै आएको छ ।
तत्कालीन माओवादी केन्द्रले भने मार्क्स, एंगल्स, लेनिन, स्टालिन र माओको फोटो राख्दै आएको थियो । दुई पार्टीबीच एकता भएपछिका कार्यक्रमहरुमा पनि मार्क्स, एंगल्स र लेनीनको फोटो राख्ने गरिएको थियो ।
तर, नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन स्थलमा राखिएको ठूलो व्यानरमा भने वामपन्थीका आदर्श व्यक्तिको तस्वीर देख्न पाइँदैन ।
यसअघि हरेक जसो कार्यक्रममा राखिने गरिएका ति आदर्श व्यक्तिको तस्वीर हटाइएको विषयमा नेकपा कार्यकर्ताहरुले नै बिभिन्न सामाजीक सञ्जलमार्फत बिरोध जनाईरहेका छन् ।
वि.सं.२०७६ माघ १५ बुधवार १६:०३ मा प्रकाशित






























