back
CTIZAN AD

यसरी खोस्यो टिपरले केशरको कोरिया जाने सपना

वि.सं.२०७६ माघ १५ बुधवार

711 

shares

१५ माघ, काठमाण्डौं । घरको आर्थिक अवस्था कमजोर । जागिर खाने सपना बोकेर सुर्खेत झरेका थिए केशर । तर, सफलता मिलेन । उनले हिम्मत हारेनन । वीरेन्द्रनगरमै बसेर कोरिया जाने सपना बुनेर कोरियन भाषा पढ्न थाले ।

तर, कोलिकोटको महावे गाउापालिका ३ सिम्खेतका २० वर्षीय केशर सिंहको कोरिया जाने सपना टिपरले खोसिदियो ।

आफ्नी बज्यैलाई कालिकोट पठाउन केशर मंगलबार मसुरीखेतमा रहेको अंकलको घरमा गएका थिए । बज्यैलाई कालिकोट जाने बसमा चढाउनु अघि उनले बज्यैलाई अटोमा चढाए । आफू मोटरसाइकलमा निस्किए । पछाडिबाट आएको टिपरले ठक्कर दिँदा केशरको घटनास्थलमै मृत्यु भयो । केशरका दाइ कमल सिंहले भने, ‘ कोरिया जान्छु भन्दै भाषा सिक्दै थियो । जसको कोरिया जाने सपना टिपरले खोसिदियो ।’ बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा कालिकोटबाट ललितबुढाले लेखेका छन् ।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो । करिब २० मिटर टाढा सम्म टिपरले घिसारेको थियो । मृतक केशरकी फुपु प्रतिमा सिंह घटना हुँदा नजिकै थिइन् ।

केशरको मृत्युपछि घटनाको बिरोधमा वीरेन्द्रनगरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको थियो । प्रदर्शनकारीले मंगलबार त्यहाँको बजार बन्द गराउनुका साथै बजारका सिसिटिभी फुटाएका थिए । तोडफोड नरोकिएपछि मंगलबार साँझ ६ बजेबाट बुधबार बिहान ६ बजेसम्मका लागि कफ्र्यु लागेको थियो ।

प्रदर्शनकारीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरिरहेका थिए । प्रहरीले घटनास्थलबाट शब उठाउदा स्थिति थप तनावपूर्ण बनेको थियो । सोहि क्रममा भएको दोहोरो झडप र अश्रुग्यास प्रहार गर्दापनि स्थिति नियन्त्रणमा लिन नसकेर प्रहरीले गोली चलाको थियो । गोली लागेर ८ घाईते भएका थिए ।  टिपर चलक राज कुमार बोहोर प्रहरी नियन्त्रणमा छन् ।

तस्बिर : फेसबुक

वि.सं.२०७६ माघ १५ बुधवार १६:०३ मा प्रकाशित

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...