back
CTIZAN AD

गोरखा नगरपालिका र रसमोर बरो काउन्सिल युकेको भगिनी सम्बन्ध स्थापना हुने

वि.सं.२०७६ माघ १५ बुधवार

645 

shares

१५ माघ,लन्डन । गोरखा नगरपालिका र बेलायतको रसमोर बरो काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।
यो सम्बन्धलाई औपचारिकता दिन गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, गोरखा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ, पत्रकार महासंघ गोरखा जिल्ला अध्यक्ष किशोरजंग थापा बुधबार लन्डन आइपुगेका छन् ।

उनीहरुलाई स्वागत गर्न लन्डनस्थित नेपाली दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मी, ग्रेटर रसमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष जीव बेलवासे र रसमोर बरो काउन्सीलका हेड अफ डेमोक्रेसी स्टाटीजी एण्ड मेनेजमैन्टका एन्ड्रय कोलभर हिथ्रो विमानस्थल पुगेका थिए ।

गोरखाबाट आएका पाहुनाका लागि रसमोर बरो काउन्सिलले भोलि स्वागत कार्यक्रम राखेको छ । उनीहरुले काउन्सिलको अवलोकन गर्नेछन् भने भोली साँझ नै नेपाली दूतावास लन्डनले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम छ ।
पूर्वअध्यक्ष बेलवासेले दुई नगरबीचको सम्बन्धले आत्मियता बढ्ने, विकासका मोडल आदानप्रदान हुने र मित्रता वृद्धि हुने बताएका छन् ।

वि.सं.२०७६ माघ १५ बुधवार १६:२८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...