back
CTIZAN AD

प्युठान जिल्लाको नाम यसरी रहन गयो

वि.सं.२०७६ माघ १५ बुधवार

4.7K 

shares

१ भौगोलिक अवस्थिति

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अंचलमा पर्ने प्युठान जिल्ला नेपाल राज्यको एकिकरण पूर्व गण्डकी क्षेत्रमा विस्तारित चौविसि राज्यहरु मध्ये एउटा शक्तिशाली राज्य थियो । ८२ डिग्री.३६” देखि ८०डिग्री.३६” पूर्वी देशान्तर र २७डिग्री.५५” देखि २८डिग्री.२५” उत्तरी अक्षांशको बीचमा फैलिएको यस जिल्ला उत्तर दक्षिण लम्बिदै र पूर्व पश्चिम सांगुरो बन्दै गएको देखिन्छ । यस जिल्लाको सिमानामा पूर्वमा गुल्मी, पश्चिममा दाङ्ग र रोल्पा, उत्तरमा रोल्पा र वाग्लुङ्ग तथा दक्षिणमा दाङ्ग र अर्घाखांची जिल्लाहरु पर्दछन् । समुद्री सतहबाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित यस जिल्लाको क्षेत्रफल १३६५ वर्ग किलोमिटर छ ।

१.२ ऐतिहासिक पृष्ठभूमि

प्यूठान शब्दको उत्पतिबारे मतैक्यता पाईदैन । कर्कपेट्रीकले प्रार्थाना (पूरथाना) बाट अपभ्रंश हुदै प्यूठान भएको, हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले ‘प्राथाना’ वाट ‘प्युठान’ नाम रहन गएको र योगि नरहरिनाथले ‘प्लुथान’बाट ‘प्यूठान’ रहन गएको उल्लेख गरेका छन । अर्थात  प्रतिष्ठाना-प्यूठाना- पिउठाना हुँदै ‘प्यूठान’ नाम रहन रहन गएको हो । पृथ्वीनारायण शाहले समय(समयमा लेखेको पत्रहरुमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाईन्छ । सुरक्षा संवन्धि शव्द ‘पिउठ बस्ने ठाना’ भएकोले पिउठाना बाट अपभ्रंश भई ‘पिउठान्’ नाम रहन गएको थियो भन्ने तर्क आम रुपमा बलियो रहेको छ ( गिरीः २०६२) ।

प्यूठाना राज्यको स्थापनाकाल निश्चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । वि.सं. १५१५ वा १५६० तिर चन्द वंशी राजाहरुले स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भएता पनि किटानी गर्न सकिने अवस्था छैन । प्यूठान राज्यको राजधानी भित्रीकोटमा रहेको र मोदिनर्वर्मनले वि.सं. १५१५ मा आफ्ना कान्छा जुवाई चन्द वंशका लटराज चन्द लाई राजा बनाएका प्रमाण भेटन सकिन्छ । प्यूठान भित्र थुप्रै रजौटाहरु रहेको कुरा पृथ्वीनारायण शाहले काजि कालुपाण्डेलाई लेखेको पत्रमा ”प्यूठाना पर्वत भित्र कति राजा छन‘।”। भनीनुले पनि पर्दछ । रोल्पाका ध्वज बहादुर चन संग रहेको वंशावली अनुसार प्यूठानका राजाहरुको नामावली निम्नानुसार छ ।

१) लटराज ८) शंसाही राज

२) भुवराज ९) पृथ्वीपति राज

३) नरहरी राज १०) उदतराज

४) नरिन्द्र राज ११) मोति चन्द राज

५) गजिन्द्र राज १२) मानिक चन्द राज

६) सुतान राज १३) दिप प्रताप चन्द राज

७) दलपति राज १४) रुद्र प्रताप चन्द राज

एउटा राजाले २५ वर्षसम्म शासन गर्छन भन्ने इतिहासकारको मान्यतालाई आधार मान्दा यी चन्द राजाहरुले ३५० वर्षजति राज्य गरेको पाईन्छ । वि।सं। १८४३ मा श्रीनाथ सवुज वरख, श्री जङराणा भिम नयागोरख, श्री मेहर भवनी बक्स, दुर्गा बक्स, रामदलपति कंम्पनि र नेपालबाट पर्वत हान्न गएका काजि दामोदर पाण्डे, काजि जगजित पाण्डे, सुवेदार बदलसिंह थापा नयाँ श्रीनाथ समेत भएर धुर्कोट बाटो गरी प्यूठान हान्न आउँदा विना लडाई जित पश्चात नेपाल राज्य भित्र एकिकरण भएको थियो ।

प्यूठान जिल्लाको नामाकरण सर्वप्रथम मगर जातिबाट गरिएको कुरा यहाँका स्थानहरुको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ मर्कावाङ, तोरवाङ, खवाङ, स्याउलीवाङ आदि प्राचिन कालमा लिच्छवीकालहरुको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरुको अधिनमा १४ औं शताव्दी सम्म रहयो । पाल्पाली राजा मुकुन्द सेनका समकालिन प्यूठानी राजा रुद्रसिंह पछि मोति चन्द्र (प्रथम) यहाँका राजा भए । यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन (प्रथम) का नाति कर्णसेनसंग भएको बताइन्छ । मोति चन्द्र पश्चात रुद्रचन्द्र गजेन्द्र चन्द्र गजकेशरी चन्द भएको बुझिन्छ । वि.स. १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२ मा राजा माणिक चन्दको ताम्रपत्र देखा पर्दछ । वि.स. १८३५ मा मोतिचन्द्र (द्धितीय) प्यूठानका राजा थिए । खुंग्री, भिंगृ, इश्मा र मुसिकोट, प्यूठानका अनुयायी भएको कुरा ध्यामिल्टनले उल्लेख गरेको पाइन्छ । मोतीचन्द्र प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकीकरण अभियानमा यहाँका राजा भागेबाट स्पष्ट हुन्छ । प्यूठानको एकिकरण गरिसकेपछि खुंग्री र उदयपुरका शासकहरु नेपाल नरेशको छत्र छाँयामा रजौटाको रुपमा रहे । खुंग्री र उदयपुरका राजालाई राज्य रजौटा ऐन २०१७ ले आजीवन राजाको प्रदान गरेकोमा हाल उक्त ऐन खारेज गरेपछि रजौटाको अस्तित्व कानुनी रुपमा समाप्त भएको छ ।

२०१९ पूर्व प्यूठान भित्रीकोट, नारीकोट, उदयपुरकोट, माडीखोला, कालाशेष र वाइस्खुवागरी ६ थुममा विभाजित भएकोमा २०१९ मा कालाशेष र वाईसखुवा रोल्पा गाभिए । २०१५ सालमा महानिर्वाचन हुँदा प्यूठानमा निर्वाचन क्षेत्र नं.८३, ८४ र ८५ पर्दथ्यो । २०१७ साल पौष २२ मा पंचायती व्यवस्थाको सुत्रपात पछि २०१९ साल पछि प्यूठान एक निर्वाचित क्षेत्र ९ इलाका, गा.प. ४९ केन्द्र रहेको थियो । जनआन्दोलन पश्चात २०४८ सालमा प्रशासनिक रुपमा यस जिल्लालाई २ संसदिय निर्वाचन क्षेत्र ११ इलाका ४९ गा.वि.स. मा विभाजन गरिएको छ । यस जिल्लाको सदरमुकाम खलंगा हो

१.३ प्राकृतिक वनावट

धरातलीय हिसावले प्युठान राज्यलाई निम्न लिखित क्षेत्रमा वांड्न सकिन्छ ।

क­) लेकाली भाग

ख) पहाडी भाग

ग) बेंसी भाग

क) लेकाली भाग

यस भागमा स्याउलीवाङ्ग, कोठीलेक, तीनपुरे धुरी, स्वर्गद्धारी लेक, पूजाको लेक, पन्चासेको लेक जस्ता लेकहरु पर्दछन। यो भाग सामान्यतया २१३४ मीटर भन्दा अग्लो, हिउँदमा निकै जाडो हुने हिंउ पर्ने तथा ग्रेनाईट ढुङ्गा, दर्शन ढुङ्गा आदि प्रशस्त पाईने गर्दछ । बसोबास कम भएता पनि यस क्षेत्रमा अधिकांश मगर बस्ती छन । अन्न उत्पादन पनि कम हुने यस क्षेत्रमा पशुपालनमा भैंडा बाख्रा चौंरी आदि पाल्ने गरिन्छ । अन्नमा आलु, मकै, फापर, कोदो, मात्र उत्पादन हुने यस क्षेत्रमा सल्लो गुराँस, धुपी, खर्सु वांझ आदि विरुवा पाईन्छन ।

ख) पहाडी भाग
९१५ मीटर उचाई देखि २१३४ मीटर सम्मको भाग यसमा पर्दछ । घनावस्ती भएको यस भागमा मकै, गैंहु, धान, कोदो, आलु उत्पादन गरिन्छ । तुषारा, नारीकोट, लिवाङ्ग, खवाङ्ग, धुवाङ्ग, कोचिवाङ्ग आदि यस क्षेत्रमा पर्दछन । यस भेगको जंगलमा कटुस चांप, ओखर चिउरी, पिपल टिमुर, चिलाउने, साल आदिका रुख पाईन्छन । सवै किसिमका जात जातिका बसोबास यस क्षेत्रमा पाईन्छ ।

ग) बेंसी भाग

सामान्यतया ९१५ मीटर भन्दा होचो धर्मावती (झिम्रुक), माण्डवी , राप्ती र यिनका सहायक नदीका आसपासका समतल भुभागहरु यस अन्तर्गत पर्दछन । यस क्षेत्रमा गर्मीमा बढी गर्मी र हिंउदमा न्यानो हावापानी कायम हुन्छ । जनघनत्व तथा उत्पादनको हिसावले महत्वपूर्ण यो भागमा वाग्दुला, पुण्डेखोला, विजुवार, क्वाडी, रातामाटा, खैरा, माडीखोला, झिम्रुकखोला, गुरीगाउँ, चिसवाङ्ग, पिडाल्ने, पाडावाङ्ग, देवीस्थान, वाङ्गेसाल, आदि घनाबस्ती भएका गाउँहरु पर्दछन ।

१.४ हावापानी

उत्तरीभाग हिमालको नजिक र उचाइ पनि धेरै भएको कारण ज्यादा जाडो हुने र दक्षिणी भाग भित्रीमधेशसँग जोडिएको र बेंशी भाग भएकोले चैत्र देखि जेठसम्म गर्मी हुन्छ । यहाँ लेकाली, समशितोष्ण र अर्ध(उष्ण हावापानी पाइन्छ । वाषिर्क रुपमा १४.८ देखि २४.१ ड्रिग्री सेल्सीयस तापक्रम पाइन्छ भने अधिराज्यको दक्षिण पूर्ववाट बहने दक्षिण(पश्चिमी मनसुनी वायुको प्रभावले यस जिल्लामा जेष्ठ देखि असोज सम्म धेरै वर्षा हुन्छ। यहाँ वाषिर्क वर्षा सरदर १३०० मीलीमीटर भएको पाइन्छ ।

१.५ धर्म एवं संस्कृति

यस जिल्लामा सवै धर्म मान्ने मानिसहरु भएता पनि हिन्दु धर्म यहांको प्रमुख धर्म हो । वहुसंख्यक मानिसहरु ९९६ ० ले हिन्दु धर्म मान्ने हुनाले अन्य संस्कार तथा परम्पराहरु पनि हिन्दु धर्म अनुसारनै भए गरेका पाईन्छन् । २०५८ सालको जनगणना अनुसार यस जिल्लामा विभिन्न धर्म मान्ने मानिसहरु निम्न बमोजिम रहेका छन ।

धर्म अनुसार जनसंख्या विवरण

सि.नं               धर्म              जनसंख्या             प्रतिशत               कैफियत
1                    हिन्दु            २०५४८९                ९६‍‍‌.०७
2                   बौद्ध            ६२९६                     २.९६
3                  इस्लाम          ६४५                       ०.३१
4                  जैन               १                             ०
5                  क्रिश्चियन       २६                          ०.०१
6                  शिख            ०                              ०
7                  अन्य             २७                        ०.०१
जम्मा                            212484                  १००

जातीय परम्परा अनुसार बिभिन्न जातिमा असारे गीत, तीजका महिलाका ह्रद्यस्पर्सका भैलो, झ्याउरे ९झाम्रे० र दोहोरी गितको प्रचलन छ । बैशाखी पूर्णमा, आषाढ पन्ध्रमा दहीच्यूरा खाने, बैशाख सक्रान्ति, जेष्ठासी पूर्णिमामा, भाद्रऔसी, साउने संक्रान्ति, नागपन्चमी, ऋषि तर्पणी पूर्णिमा बडादशै, सरायँ, तिहार, देवाली, कुलपुजा, कार्तिक पूर्णिमा, माघे संक्रान्ति, फागु पूर्णिमा ९होली० रामनवमी, ठूलो एकादशी आदि हिन्दू चार्डपर्व प्राय सवैले मनाउछन् । रजवारा मेला, बडारपाटा, खैरा फुलवारीको बृहत मेला, गुरुङको घाटुनाच आदि अत्यन्त रमाइलो साथ मनाउने गर्दछन् । यसको अलवा प्यूठानमा भाईटिकाको भोलीपल्ट तृतीया देखी पञ्चमी तिथी सम्म ३ दिन डल्ले सरायँ (विजुवारनेर) र दाखाक्वाडी हिक्मतेश्वर बगैचाको मेला पनि प्रख्यात छन्। यिनमा लट्टीखेल र तलवारखेल आदि हुन्छन । विजुलीकोटको जात्रा, सारीवाङको मसानपाटीमा हुने कार्तिके जात्रा र मरन्ठाना ठूलासिमको मेला आदि उल्लेखनीय मेला हुन् । खलंगामा घण्टाकर्ण ऋषितर्पणी पूर्णिमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जात्रा, गणेशजात्रा, र खरजात्रा (माघे पूर्णिमाको दिन) लाग्दछ । यी जात्राहरु सदरमुकाममा मनाउने हुंदा प्यूठानका अतिरिक्त छिमेकि जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाँचमा पुरुसुङ्गे नाच, मारुनी नाँच, माडीखोले नाँच र अन्य लोकनृत्य निकै रमाइला छन् । यसरी विभिन्न जातजातीबाट बसोबास भएको प्यूठान जिल्ला लोक सांस्कृतिको अपार भण्डार रहेको छ । नेवारका अलगै चाड पनि छन् । मुसलमानका पनि इस्लाम धर्म अनुसारका चार्डपर्व इद, वकरीद, रमजान आदि मनाईन्छ ।

नाँचमा पुरुसुङ्गे नाच, मारुनी नाँच, माडिखोला नाँच, सोरठी नाच र अन्य विविध प्रकारका जातीय एवं लोक नृत्य निकै रमाइला छन् । यसरी विभिन्न जातजातिबाट बसोवास भएको प्यूठान उपर्युक्त लोक संस्कृतिको जगेर्नामा सजग छ । यसकै कारण एक अर्कामा सुमधुर एवं भाईचाराको सम्वन्ध पाईन्छ ।

(समाचार स्रोत : जिल्ला समन्वय समितिको कार्यालय प्युठान, नेपाल)

वि.सं.२०७६ माघ १५ बुधवार १६:३७ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...