back
CTIZAN AD

यस्तो छ, नेकपा केन्द्रीय कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदन (पूर्ण पाठसहित)

वि.सं.२०७६ माघ १५ बुधवार

954 

shares

१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्दीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदन पेश गरिएको छ । प्रतिवेदनमा पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छर्नेगरी पार्टी अनुशासन र पद्धति विपरित बोल्ने, लेख्ने तथा त्यसविपरित भेला बैठक गर्ने काम बन्द गर्ने भनिएको छ । नेकपाको जारी केन्द्रीय समिति बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा सो कुराको प्रस्ताव गरिएको हो ।

‘पार्टीलाई विधि, अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न आवश्यक छ । अनुशासनहिन काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्नेछ,’ नेकपाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै नेकपाको राजनीतिक प्रतिवेदनमा सरकारका कामहरुको सामान्य समिक्षा गरिएको छ । जसमा संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रणाली र अभ्यासको सन्र्दभलाई ध्यानमा राख्नुपर्ने तथा पार्टी एकताको विशिष्ठता र यो प्रकृयामा भएको ढिलाईको सन्दर्भलाई पनि विचार गर्नुपर्ने उल्लेख छ ।

‘लामो समयसम्म पार्टी कमिटीहरुको अभावले गर्दा न सरकारले गरेका राम्रा कामहरुको व्यवस्थित रुपले जनतामा प्रचार हुनसक्यो न सरकारलाई कमिकमजोरीबाट बचाउन पार्टीले नेतृत्वदायी भूमिका नै खेल्न सक्यो,’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै सरकारले संघीय प्रणाली कार्यन्वयनमा आवश्यक नीति र कानुनहरु बनाउनुलाई प्रतिवेदनले सकारात्मक भनेको छ ।

प्रतिवेदनमा राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव गरिएको छ । राजनीतिक प्रतिवेदनमा २०७७ चैतको अन्तिममा सकिने गरि राष्ट्रिय महाधिवेशन गर्न प्रस्ताव गरिएको हो । प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । यस्तैगरि २०७७ को भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।

वि.सं.२०७६ माघ १५ बुधवार १७:०९ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...