हामी कतिपयलाई यो थाहा हुँदैन कि कुन कुरा कहाँ बोल्ने अनि कसका अगाडि के कुरा बोल्न हुँदैन भनेर । भावनामा अनि आवेशमा आएर हामीले आफ्ना कुरा जहाँ छौं त्यहाँ पोखिदिन्छौं । कुरा गरिरहँदा हामीले यो बुझ्न जरुरी हुन्छ कि, मैले बोलेको कुराले कसलाई के असर पर्दछ ।
हामी घर, या अफिसमा कतिपटक यस्ता कुरा ओकल्छौं जुन कुरा हामीले सार्वजनिक रुपमा बोल्न हुँदैन । जसका कारण मानिसमा हामीबारे नकारात्मक सोच सिर्जना गरिदिन्छ ।
श्रीमतीसँग यी कुरा नभन्नुहोस् –श्रीमान श्रीमतीको सम्बन्धका बीच सबैभन्दा महत्वपूर्ण भूमिका विश्वासको हुन्छ । तपाई आफ्नो जीवन संगीनी सँग यस्ता कुरा कहिल्यै नगर्नुहोस् जुन कुराका कारण तपाईमाथि उनको विश्वासको कमी होस् । यसले सम्बन्धमा फाटो पनि पार्दछ ।

त्यसकारण पनि श्रीमतीको विस्वास जित्ने कोशिष गर्नुहोस् । स–सानो कुरालाई लिएर झगडा नगर्नुहोस् । झगडाका बेला यो कहिल्यै नभन्नुहोस् कि, ‘मलाई तिमी माथि पटक्कै विस्वास छैन ।’

छोराछोरीलाई यस्तो नभन्नुहोस् –कतिपय अभिभावक आफ्ना सन्तानलाई राम्रो होस् भन्ने चाहना बोकेर अरु बच्चासँग तुलना गर्ने गर्दछन् । जसकारण बालबालिकामा गलत प्रभाव पर्दछ । बालबालिकामा यस्तो सोचको विकास हुन्छ कि, ‘मैले मेहनत गरेर पढेको कुरा मेरो अभिभावकले भन्दैनन् खाली अरुलाई उदाहरण बनाउँछन् ।’ यसले बालबालिकामा नराम्रो असर पार्दछ । त्यसैले बच्चालाई प्रोत्साहित गर्नुहोस् । जे कुरामा उनीहरुलाई सहयोग गर्नुपर्ने हो त्यसमा ध्यान दिनुहोस् । यदि तपाईले कोही बच्चाको उदाहरण आफ्ना छोराछोरीलाई दिन चाहानुहुन्छ भने माया गरेर फकाउँदै त्यस्ता कुरा बताउने गर्नुहोस् ।

साथीलाई यस्तो नभन्नुहोस्-यदि तपाईको साथीको ब्रेकअप भएको छ भने उनलाई यी कुराहरु भन्नबाट बच्नुहोस् । धेरैपटक ब्रेकअप भएका साथीलाई भेट्दा तपाईको मुखबाट त्यस्ता कुराहरु निस्कन्छन् जुन कुराले तपाईको साथीलाई असर गर्दछ । त्यसकारण ‘तिम्रो साथी नराम्रो बानीको थियो ?’ यस्ता कुरा धेरैपटक सोध्दा उनीहरुलाई नराम्रो लाग्छ त्यसकारण यस्ता कुराबाट टाढा रहनुहोस् । ब्रेकअपपछि जीवन र जिन्दगीसँग निराश भएका साथीहरुलाई जीवनमा अरु पनि धेरै कुरा बाँकी छ भन्ने महसुस गराएर पीडाको दल दलबाट बाहिर ल्याउनुहोस् ।

बोससँग यी कुरा नगर्नुहोस्-यदि तपाईले आफ्नो बोसँग बारम्बार आफ्नो प्रमोशनको कुरा गर्नु हुन्छ भने त्यस्ता कुरा आजैबाट छोड्नुहोस् । त्यसका लागि तपाईले आफूले दिनरात मेहनत गरेर कम्पनीको हितमा कामगर्नुपर्ने हुन्छ । जहाँ तपाईले प्रमोसनको कुरा गर्नुभन्दा पनि बोस आफैले तपाईको प्रोमोसनका बारेमा सोच्न बाध्य हुनेछन् ।
वि.सं.२०७६ माघ १५ बुधवार १८:०४ मा प्रकाशित






























