back
CTIZAN AD

बाग्लुङ र पर्वतका युवाले जिते अमेरिकामा १ लाख डलरको चिठ्ठा

वि.सं.२०७६ माघ १६ बिहीवार

762 

shares

१६ माघ, अमेरिका । अमेरिकामा रहेका बाग्लुङ र पर्वतका तीन युवाले १ लाख डलरको चिठ्ठा हात पारेका छन् ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका ती तीन युवाले उक्त १ लाख डलरको स्क्र्याच गरेर हेर्नुपर्ने चिठ्ठा मेरिल्याण्डमा किनेका थिए ।

चिठ्ठा जित्ने भाग्यमानी युवाहरुमा डोलेन्द्र पौडेल,दिपक रिजाल र जीवन शर्मा रहेका छन् । उनीहरुको मेरिल्याण्ड राज्यको ग्लेनबनीमा शहरमा बसोबास रहेको छ ।

उनीहरु तिनै जनाले हालसालै क्रयाक–पट लिक्वयर्स (मदिरा पसल) तथा क्रयाक–पट रेस्टुरेन्ट (चमेना गृह) खरिद गरि संचालनमा ल्याएका छन् । संचालन गरेको केही समय मै उनीहरुलाई थप लक्ष्मी (रकम) प्राप्त भएको भन्दै तीनैजनाले खुसी व्यक्त गरेको समाचार एमडीलटरीडटकमले लेखेको छ ।

उनीहरुले ५० एक्स दि क्यास गेम नामक कोट्याउने चिट्ठा खेल्दा भाग्य खुलेको हो । उक्त नसोचेको रकम प्राप्त भएपछि उनीहरुले संचालनमा ल्याएको ब्यबसायमा सहयोग हुने बताएका छन् । उनीहरु ७ बर्ष अगाडी अमेरिका आएका हुन् भने गतहप्ता तीनै जना मेरिल्याण्डको टाउसन शहरस्थित ईजि कन्भिनिएन्स एण्ड डेली नामक पसलमा उनीहरुको प्रिय स्क्राच अफ नामक चिट्ठा खेलेका थिए ।

उनीहरुले ५० एक्स नामक चिट्ठा सहित अन्य चिट्ठा पनि खरिद गरेका थिए । उक्त चिट्ठा जीवन शर्माले कोट्याउदा १० डलर तुरुन्तै प्राप्त गरेका थिए उक्त अङ्कसंग मूनि रहेकामा १ लाख डलर अङ्क मिल्न गएकोमा जीवन चकित भएका थिए ।

उक्त रकम परेपछि आफूले विश्वास नगरेको भन्दै कतै चिट्ठाको यन्त्र बिग्रिएको त हैन भन्ने लागेको उनले बर्ता । उक्त चिट्ठा परे पछि पसल बाहिर प्रतिक्षा गरिरहेका डोलेन्द्र तथा दीपकलाई १ लाख परेको देखाएका थिए । उनीहरुले विश्वास नभएर पुन ः फोन बाट जांच गरेका बताएका छन् ।

उनीहरु तीनैजना चिट्ठाको मुख्यालय बाल्टिमोर गई दाबी गरेका थिए । कर र सबै कटाएर उनीहरुको भागमा जनही २२,१२६÷५० सेन्ट परेको छ ।

चिट्ठा कार्यालयका अधिकारीलाई उनीहरुले उक्त रकमले आफ्नो ब्यबसायमा लगानी गर्ने बताएका थिए । टाउसन चिट्ठा बेच्ने पसलले पनि १ हजार डलर लाभांस पाएको छ ।

५० एक्स नामक चिट्ठामा १ लाख पार्ने नेपाली उनीहरु पहिलो हुन् । अन्य ६ वटा शीर्ष चिट्ठाहरु अझ बाँकी रहेको छ । उक्त चिट्ठा यही जनवरी २०२० देखि मात्र खुलेको हो भने अझ ८ जनाले ५० हजार डलरको कसैले दाबी नगरेको बुझिएको छ ।

पुरस्कार लिँदा नेपाल भ्रमण बर्ष २०२० को गन्जी लगाई प्रचार गरिएको तस्बिरमा देखिएको छ ।

वि.सं.२०७६ माघ १६ बिहीवार ०८:१९ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...