back
CTIZAN AD

संकटमा एमसीसी, नेकपा नेतृत्वलाई असहज

वि.सं.२०७६ माघ १६ बिहीवार

789 

shares

१६ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चालु बैठकमा एमसीसी विरुद्धको जनमत निकै ठूलो भएका कारण सो सम्बन्धी प्रस्ताव संकटमा पर्ने संकेत देखा परेका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सभामुखलाई बधाई दिँदा मात्र होइन, माघ १५ देखि चालु केन्द्रीय समितिको बैठकमा समेत एमसीसी पास गरिहाल्नुपर्ने बताए पनि पार्टीभित्रका बहस प्रक्रियामा एमसीसी विरुद्ध झण्डै दुई तिहाइ मतको संकेत देखिए पछि एमसीसी संकटमा पर्ने सम्भावना बढेको हो ।

एमसीसी रोकेकै कारण तत्कालिन सभामुख कृष्ण बहादुर महरासँग चिढिएका (हेर्नुहोस् कान्तिपुरको अन्तरवार्ता) प्रधानमन्त्री ओलीले पूर्व माओवादीका तर्फबाट देव गुरुङलाई सभामुख बनाउनै नहुने भनेको कुरो प्रचारमा आएको थियो भने अग्नि सापकोटालाई असहजताका साथ स्विकारिएको विश्लेषण पनि गरिएको थियो । सभामुखमा निर्वाचित अग्नि सापकोटाले एमसीसीका लागि ‘हतारो नभएको’ कुटनैतिक अभिव्यक्ति यसअघि दिइसकेका छन् ।

सभामुखको शपथ खाएको एक घण्टाभित्रै चिनियाँ राजदूत सभामुखको कार्यकक्षमै पुगेर बधाई दिनु र सभामुखको त्यसप्रकारको कुटनैतिक धारणा आउनु, सोहि साँझ चिनियाँ राजदूतको रात्रीभोजमा विशिष्ट नेताहरुको उपस्थिति रहनुलाई पनि एमसीसी विरोधि गठजोड बलियो हुँदै आएको प्रमाणका रुपमा अथ्र्याइएको छ ।

चालु केन्द्रीय समितिमा भाग लिएका झण्डै साढे ४ सय केन्द्रीय सदस्य मध्ये ३ सय बढि केन्द्रीय सदस्यहरु एमसीसीको विरुद्धमा रहेको अनुमान गरिएको छ । पार्टीको राजनैतिक दस्तावेज, संगठन तथा भावि कार्यक्रम बारे छलफल गर्न बनाइएको १५ समुह मध्ये १० जना भन्दा बढी टोली नेता एमसीसी विरुद्धमा रहेको बताइएको छ ।

श्रोतका अनुसार उर्मिला अर्याल, कमला रोका, जगन्नाथ खतिवडा, ठाकुर गैरे, दीनानाथ शर्मा, पुर्णकुमारी सुवेदी, युवराज ज्ञवाली, राजेन्द्र राई, रेणु दाहाल, राम कार्की र लेखनाथ न्यौपाने लगायतका टोली नेता एमसीसीको विपक्षमा छन् ।

सचिवालयमा अध्यक्ष ओली र महासचिव विष्णु पौडेल एमसीसीको पक्षमा र छिटो हुनुपर्ने प्रष्ट अडानमा छन् भने प्रचण्ड, इश्वर पोखरेल र राम बहादुर थापा परिमार्जन हुनैपर्ने बताइरहेका छन् । माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एमसीसी प्रस्तावको प्रष्ट विपक्षमा छन् ।

त्यस्तै देव गुरुङ, भीम रावल, युवराज ज्ञवाली, लिलामणि पोखरेल, नारायण शर्मा र जगन्नाथ खतिवडा लगायतका प्रभावशाली नेताहरु कुनै हालतमा पनि एमसीसी नस्वीकार्ने पक्षमा छन् ।

यसैगरी नेकपाको ४५ सदस्यीय स्थायी समितिमा ३० भन्दा बढी प्रष्ट विपक्षमा, १० जना जति परिमार्जन र ५ जना पास गर्नैपर्ने मतमा रहेको भन्ने गरिएको छ । रविन्द्र मिश्रको साझा विवेकशील पार्टीमा मिश्रले एमसीसीको पक्षमा बोलेपनि पार्टीका तर्फबाट जारी पछिल्लो विज्ञप्तिमा डा. सुर्यराज आचार्यले परिमार्जन हुनैपर्ने धारणा व्यक्त गरेका छन् । यसैगरी समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि एमसीसी पास गराउने पुरानो धारणामा ‘परिमार्जन’ भन्न थालेका छन् ।

एमसीसीबाट ठूलो राष्ट्रघात हु्ने भन्दै जनस्तरबाट आन्दोलन बढिरहेको छ । नेकपाका नेता समेत रहेका नारायण शर्माले एमसीसी खारेज अभियान नै चलाएका छन् । यो आन्दोलनमा पछिल्लो पटक साना पार्टीहरु समेत नयाँ ढंगले जुर्मुराएका छन् । नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले तथा पुष्पलाल अध्ययन समाज लगायतका दल र संघ संस्थाहरु सक्रियतापूर्वक लागेका छन् । भने एमसीसी ठूलो राष्ट्रघात भन्दै कम्युनिष्ट नेता सशि शेरचन ‘स्वनाम साथी’ ले काठमाण्डौंमा संघ संस्थाहरुको भेला बोलाई बृहद प्रदर्शनको तयारी गरेका छन् ।

वि.सं.२०७६ माघ १६ बिहीवार १७:४९ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...