back
CTIZAN AD

पोखरामा त्रिवि शिक्षण अस्पताल सञ्चालनमा ल्याइने

वि.सं.२०७६ माघ १६ बिहीवार

822 

shares

१६ माघ । गण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको पोखरा नर्सिङ क्याम्पसले स्थापनाको ३६ वर्षपछि शिक्षण अस्पताल खोल्न लागेको हो ।

विसं २०३९ मा स्थापना भएको क्याम्पसले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको अस्पताल भवनको बिहान गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे । क्याम्पसले ३०० शय्या भएको सुविधासम्पन्न अस्पताल बनाउन लागेको जनाएको छ । २३ रोपनी १२ आना जग्गामा रु एक अर्व २६ करोड लागतमा अस्पताल भवन बनाउन लागिएको क्याम्पस प्रमुख नीता ताम्राकारले बताइन् । त्रिविले राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा शिक्षण अस्पताल स्थापना गर्न लागिएको हो ।

छ तले अस्पताल भवनमा अन्तरङ्ग, बहिरङ्ग, सुत्केरी हल, शल्यक्रियाकक्ष, बच्चा हल, सर्जरी, हाडजोर्नी, न्यूरो, आइसियु, सिसियू, एनआइसियू, फार्मेसी, ब्लड बैङ्क, प्रयोगशाला, लगायतका छुट्टाछुट्टै ब्लक बनाइने क्याम्पस प्रमुख ताम्राकारले जानकारी दिइन् । तीन सय शय्याबाट अस्पतालको सेवा शुरु गरेर भविष्यमा ५०० शय्या पु¥याउने योजना रहेको बताइएको छ । शिक्षण अस्पतालमा नर्सिङ पढाउनुका साथै पछि एमबिबिएस, एमडीसम्मको अध्यापन गर्ने लक्ष्य रहेको बताइन्छ । भवन शिलान्यास गर्दै मन्त्री गुरुङले अस्पताल निर्माणदेखि सञ्चालनसम्मको नेतृत्व प्रदेश सरकारले लिने बताइन् ।

प्रदेश सरकारले चालू आवमा अस्पताल भवन बनाउनका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेशसभाका सदस्यद्वय कृष्ण थापा, राजीव पहारी, त्रिभूवन विश्वविद्यालय डीन कार्यालयका सहायक डीन प्राध्यापक डा मन्दिरा वन्तलगायतले अस्पताल भवन समयमै सम्पन्न भएर जनताले सहज सेवा सुविधा पाउने विश्वास व्यक्त गरेकी थिइन्। क्याम्पसले विसं २०४० देखि तीन वर्षे प्रवीणता प्रमापणपत्र तह नर्सिङमा कक्षा सञ्चालन गरेको थियो । हाल तीन वर्षे व्याचलर अफ नर्सिङ इन साइन्स (बिएनएस), चार वर्षे व्याचलर अफ साइन्स इन नर्सिङ (बिएससी नर्सिङ) तथा नर्सिङका स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०७६ माघ १६ बिहीवार २०:३७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...