१७ माघ, काठमाडौँ । सरकारी सेवामा काम गर्ने कार्यालय सहयोगी (पियन)को सम्पत्ति कति होला ? सामान्यता यसको सहज उत्तर आउँछ, मुस्किलले जीवनयापन गर्न पुग्नेले कति सम्पत्ति जोड्ला र !
तर, यो आमधाराणालाई चकित पार्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार एकजना कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर गरेको छ । जसले सरकारी सेवामै रहेर करिब नौ करोड रुपैयाँ अवैध सम्पत्ति जोडे ।
आयोगले मालपोत कार्यालय चाबहिल (हाल निलम्बित) का कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा आठ करोड ९८ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेका छन् । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ माघ १७ शुक्रवार ०८:१२ मा प्रकाशित






























