१७ माघ, काठमाण्डौं । सप्तरंगी म्युजिक सेन्टर पोखराले बसन्त श्रीपञ्चमीको अवसर पारेर सरस्वती पूजासँगै सांगेतिक कार्यक्रमको आयोजना गरेको छ ।
लामो समयदेखि गायन क्षेत्रमा आबद्ध रहेका तराना म्युजिक सेन्टरका विधार्थी स्वर्गीय श्रीमान थुलुङ्कका अति घनिष्ठ विध्यार्थी रोहनजंग कार्कीले संचालन गरेको सप्तरंगी म्युजिक सेन्टर जहाँ ११ जना विध्यार्थी अध्ययनरत छन् ।
म्युजिक सेन्टरमा हार्मोनियम, गिटार, किबोर्ड लगायत बिभिन्न समान रहेका छन् भने आउदो दिनहरुमा नयाँ नयाँ आधुनिक उपकरणहरुको पनि जडान गर्ने म्युजिक सेन्टरले जनाएको छ ।
सप्तरंगी म्युजिक सेन्टर पोखरा १३,काहुँखोलामा रहेको उक्त सेन्टरमा विध्यार्थी क्षितिज श्रेष्ठ, सुजन परियार, आभास गौतम, निशान शाही, तिलक दुरा लगायत विध्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् भने गुरु बिनेश परियारले शिक्षकको भूमिका निर्वाह गरेका छन् ।
आगामी दिनहरुमा अझ राम्रोसँग अगाडि बढ्ने सप्तरङ्गी म्युजिक सेन्टरको लक्ष्य रहेको बताइएको छ ।
सरस्वती पूजामा सबै विद्यार्थीहरुको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो ।
वि.सं.२०७६ माघ १७ शुक्रवार १८:२० मा प्रकाशित






























