back
CTIZAN AD

दुई करोड बराबरको सम्पत्ति सामाजिक क्षेत्रमा

वि.सं.२०७३ मंसिर २६ आइतवार

1K 

shares

२६ मङ्सिर,रामपुर (पाल्पा) । सामाजिक तथा धार्मिक क्षेत्रमा निःस्वार्थ भावले सहयोग गर्ने व्यक्ति कमै हुन्छन् । मान्छेले सकेसम्म आफ्mनो धन, सम्पत्ति सामाजिक, धार्मिक क्षेत्रमा खर्च गर्न चाहन्नन् । तर रामपुरका सुब्बा लोकनाथ उपाध्याय रेग्मी भने सामाजिक तथा धार्मिक क्षेत्रको विकासका निम्ति सहयोग गर्ने कार्यमा कहिल्यै पछि हट्नुहुन्न ।

उहाँ अहिले उमेरले ९४ वर्ष पुग्नुभयो । उहाँको चिन्ता परिवारको भन्दा सामाजिक तथा धार्मिक क्षेत्र विकासको छ । उहाँले अहिलेसम्म सामाजिक तथा धार्मिक क्षेत्रमा झन्डै रु दुई करोड बराबरको दान रकम सहयोग गर्नुभएको छ ।

उहाँले गण्डकीबेसीका विभिन्न क्षेत्रमा हुने धार्मिक मेला, सांस्कृतिक पर्व, महायज्ञ, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटकीय क्षेत्र संरक्षण, विकास निर्माणलगायतका क्षेत्रमा थुप्रै रकम सहयोग गरिसक्नुभयो । विभिन्न विद्यालयमा गरिब तथा जेहेन्दार छात्रृत्तिका लागि अक्षयकोष स्थापना गरी पठनपाठनमा सहयोग गर्दै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ – “संसारमा कोही गरिब धनी छैन, सारा मनुष्य सबै एक हुन्, मान्छेको विचारमात्र ठूलो सानो हो” – “धनी गरिबले समाजलाई विकासतिर धकेलिनुको सट्टा झन पछाडि पारिरहेको छ, यो प्रवृत्तिले मान्छे–मान्छेमा विभेद सिर्जना गरेको छ” – उहाँले भन्नुभयो । रासस

वि.सं.२०७३ मंसिर २६ आइतवार ०३:०३ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...