२६ मङ्सिर,रामपुर (पाल्पा) । सामाजिक तथा धार्मिक क्षेत्रमा निःस्वार्थ भावले सहयोग गर्ने व्यक्ति कमै हुन्छन् । मान्छेले सकेसम्म आफ्mनो धन, सम्पत्ति सामाजिक, धार्मिक क्षेत्रमा खर्च गर्न चाहन्नन् । तर रामपुरका सुब्बा लोकनाथ उपाध्याय रेग्मी भने सामाजिक तथा धार्मिक क्षेत्रको विकासका निम्ति सहयोग गर्ने कार्यमा कहिल्यै पछि हट्नुहुन्न ।
उहाँ अहिले उमेरले ९४ वर्ष पुग्नुभयो । उहाँको चिन्ता परिवारको भन्दा सामाजिक तथा धार्मिक क्षेत्र विकासको छ । उहाँले अहिलेसम्म सामाजिक तथा धार्मिक क्षेत्रमा झन्डै रु दुई करोड बराबरको दान रकम सहयोग गर्नुभएको छ ।
उहाँले गण्डकीबेसीका विभिन्न क्षेत्रमा हुने धार्मिक मेला, सांस्कृतिक पर्व, महायज्ञ, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटकीय क्षेत्र संरक्षण, विकास निर्माणलगायतका क्षेत्रमा थुप्रै रकम सहयोग गरिसक्नुभयो । विभिन्न विद्यालयमा गरिब तथा जेहेन्दार छात्रृत्तिका लागि अक्षयकोष स्थापना गरी पठनपाठनमा सहयोग गर्दै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ – “संसारमा कोही गरिब धनी छैन, सारा मनुष्य सबै एक हुन्, मान्छेको विचारमात्र ठूलो सानो हो” – “धनी गरिबले समाजलाई विकासतिर धकेलिनुको सट्टा झन पछाडि पारिरहेको छ, यो प्रवृत्तिले मान्छे–मान्छेमा विभेद सिर्जना गरेको छ” – उहाँले भन्नुभयो । रासस
वि.सं.२०७३ मंसिर २६ आइतवार ०३:०३ मा प्रकाशित