back

सुप समाज कतारमा शाही

वि.सं.२०७३ मंसिर २६ आइतवार

276 

shares
NTC AD
Global IME AD

supa-samaj-qatar-2073-1सुदुर पश्चिम(सुप) सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना” भन्ने मूलनाराका साथ स्थापनाकालदेखि विशुद्ध सामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको हो ।

अमृत शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुखअतिथि सस्थाका संरक्षक तथा समाजसेवी नरेन्द्र भाट रहेकाथिए । अथितिमा सस्थाका सल्लाहकार सदस्य महेश जोशी, सल्लाहकार सदस्य धनबहादुर बलायर, सल्लाहकार सदस्य जयराज विष्ट, ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष श्रीराम मल्ल, वसन्त फिल्मप्रा.लि.का केन्द्रिय सचिव अबु अली, नमस्ते नेपाल कतार बाखाका सचिव अर्जुन बस्नेत युवा समाजसेवी मेघ मोक्तान, वसन्त फिल्म प्रा.लि.का कलाकार सरद पाण्डे लगायत रहेका थिए ।

 

supa-samaj-qatar-2073-2दोहाको नेस्नल स्थित टपफम होटलको सभाहलमा सम्पन्न साधारणसभामा सुदुर पश्चिमका कलाकार गङ्गादत्त गिरि, महेश नाथा, रिमा लामा, नबराज प्यासी, लोकेश बि सि, प्रकाश केशी, प्रकाश शिह, गौरब जैसी जोशी, सिखा लप्ली, मनबहादुर जोराले आफ्नो प्रतुती राखेका थिए । सुदुर पश्चिमका कलाकार मन ब. जोराले स्वागत गित प्रस्तुत गरेको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष लिला अधिकारीले स्वागत मन्तव्य राखेका थिए । सस्थाको बार्षिक कार्य प्रतिवेदन सस्थाका महासचिव महेश कुमार कार्कीले प्रस्तुत गरेका थिए ।

त्यसैगरी सस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष उदब सिंहले प्रस्तुत गरेका थिए । सस्थाको तर्फबाट शुभकामना मन्तव्य बरिष्ठ उपाध्यक्ष सुरेन्द बिस्टर सनैया इकाइ कमिटी अध्यक्ष गणेश तिरुवाले प्रस्तुत गरेका थिए । सुदुर पश्चिमबासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले सुदुर पश्चिम सेवा समाज कतारले गरेका कामको उच्च मुल्यांकन गर्दै आगामी दिनहरुमा अझै राम्रा कामहरु गर्ने अपेक्षागर्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदै नयाँ आउने कार्य समितिलाई सफलताको शुभकामना समेत व्यक्त गरेकाथिए ।

कार्यक्रममा तदर्थ समितिका सदस्य लगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ती र सस्थालाई कार्यक्रमका सभापति, प्रमुखअतिथि र अथितीहरुले प्रमाण–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सस्थाका महासचिव महेश कार्कीले सन्चालन गरेको कार्यक्रममा सामुहिक नित्य तथा सुदुर पश्चिमको मैलिक सस्कृती झल्काउने देउडा गित पनि प्रस्तुत गरीएको थियो । सोहि साधारणसभाले ३५ सदस्सीय नया कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु निम्नानुसार रहेका छन :

अध्यक्ष  – अमृत शाही
वरिष्ठ उपाध्यक्ष – सुरेन्द्र विष्ट
प्रथम उपाध्यक्ष– परमान्द भट्ट
द्वितिय उपाध्यक्ष – उद्धबबहादुर सिंह
महासचिव – महेशकुमार कार्की
सचिव – खेमराज भट्ट
सहसचिब – अनिल भट्टराई
कोषाध्यक्ष– दामोदर घिमिरे
सहकोषाध्यक्ष – नरेशप्रसाद जैशी

सचिवालय सदस्य

– भरत विष्ट
– केशव खत्री
– निशा ढकाल
– गङ्गादत्त गिरि
सेती अञ्चल संयोजक

–मानबहादुर बटाला
महाकाली अञ्चल संयोजक

–गोरख चन्द
केन्द्रिय सदस्य
– प्रमोद पन्थ
– महेन्द्र चन्द
– खड्क बहादुर विष्ट
– रमेशकुमार भट्ट
– नबराज सार्की (प्यासी)
– मेगराज अबस्थी
– धनबहादुर बिष्ट
– छ्त्रपति चलाउने
– पुष्कर साउद
– मोहनबहादुर रावत
– जय सिहधामी
– सुरत नायक
– गणेश तिरुवा
– देबिलाल खत्री
– मनोनीत

वि.सं.२०७३ मंसिर २६ आइतवार ०२:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...