back
CTIZAN AD

सुप समाज कतारमा शाही

वि.सं.२०७३ मंसिर २६ आइतवार

1.1K 

shares

supa-samaj-qatar-2073-1सुदुर पश्चिम(सुप) सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना” भन्ने मूलनाराका साथ स्थापनाकालदेखि विशुद्ध सामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको हो ।

अमृत शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुखअतिथि सस्थाका संरक्षक तथा समाजसेवी नरेन्द्र भाट रहेकाथिए । अथितिमा सस्थाका सल्लाहकार सदस्य महेश जोशी, सल्लाहकार सदस्य धनबहादुर बलायर, सल्लाहकार सदस्य जयराज विष्ट, ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष श्रीराम मल्ल, वसन्त फिल्मप्रा.लि.का केन्द्रिय सचिव अबु अली, नमस्ते नेपाल कतार बाखाका सचिव अर्जुन बस्नेत युवा समाजसेवी मेघ मोक्तान, वसन्त फिल्म प्रा.लि.का कलाकार सरद पाण्डे लगायत रहेका थिए ।

 

supa-samaj-qatar-2073-2दोहाको नेस्नल स्थित टपफम होटलको सभाहलमा सम्पन्न साधारणसभामा सुदुर पश्चिमका कलाकार गङ्गादत्त गिरि, महेश नाथा, रिमा लामा, नबराज प्यासी, लोकेश बि सि, प्रकाश केशी, प्रकाश शिह, गौरब जैसी जोशी, सिखा लप्ली, मनबहादुर जोराले आफ्नो प्रतुती राखेका थिए । सुदुर पश्चिमका कलाकार मन ब. जोराले स्वागत गित प्रस्तुत गरेको कार्यक्रममा सस्थाका प्रथम उपाध्यक्ष लिला अधिकारीले स्वागत मन्तव्य राखेका थिए । सस्थाको बार्षिक कार्य प्रतिवेदन सस्थाका महासचिव महेश कुमार कार्कीले प्रस्तुत गरेका थिए ।

त्यसैगरी सस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष उदब सिंहले प्रस्तुत गरेका थिए । सस्थाको तर्फबाट शुभकामना मन्तव्य बरिष्ठ उपाध्यक्ष सुरेन्द बिस्टर सनैया इकाइ कमिटी अध्यक्ष गणेश तिरुवाले प्रस्तुत गरेका थिए । सुदुर पश्चिमबासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले सुदुर पश्चिम सेवा समाज कतारले गरेका कामको उच्च मुल्यांकन गर्दै आगामी दिनहरुमा अझै राम्रा कामहरु गर्ने अपेक्षागर्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदै नयाँ आउने कार्य समितिलाई सफलताको शुभकामना समेत व्यक्त गरेकाथिए ।

कार्यक्रममा तदर्थ समितिका सदस्य लगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ती र सस्थालाई कार्यक्रमका सभापति, प्रमुखअतिथि र अथितीहरुले प्रमाण–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सस्थाका महासचिव महेश कार्कीले सन्चालन गरेको कार्यक्रममा सामुहिक नित्य तथा सुदुर पश्चिमको मैलिक सस्कृती झल्काउने देउडा गित पनि प्रस्तुत गरीएको थियो । सोहि साधारणसभाले ३५ सदस्सीय नया कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु निम्नानुसार रहेका छन :

अध्यक्ष  – अमृत शाही
वरिष्ठ उपाध्यक्ष – सुरेन्द्र विष्ट
प्रथम उपाध्यक्ष– परमान्द भट्ट
द्वितिय उपाध्यक्ष – उद्धबबहादुर सिंह
महासचिव – महेशकुमार कार्की
सचिव – खेमराज भट्ट
सहसचिब – अनिल भट्टराई
कोषाध्यक्ष– दामोदर घिमिरे
सहकोषाध्यक्ष – नरेशप्रसाद जैशी

सचिवालय सदस्य

– भरत विष्ट
– केशव खत्री
– निशा ढकाल
– गङ्गादत्त गिरि
सेती अञ्चल संयोजक

–मानबहादुर बटाला
महाकाली अञ्चल संयोजक

–गोरख चन्द
केन्द्रिय सदस्य
– प्रमोद पन्थ
– महेन्द्र चन्द
– खड्क बहादुर विष्ट
– रमेशकुमार भट्ट
– नबराज सार्की (प्यासी)
– मेगराज अबस्थी
– धनबहादुर बिष्ट
– छ्त्रपति चलाउने
– पुष्कर साउद
– मोहनबहादुर रावत
– जय सिहधामी
– सुरत नायक
– गणेश तिरुवा
– देबिलाल खत्री
– मनोनीत

वि.सं.२०७३ मंसिर २६ आइतवार ०२:४८ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...