back
CTIZAN AD

प्याकेजमा सहमति खोज्न सरकार तयार

वि.सं.२०७३ मंसिर २६ आइतवार

741 

shares

२६ मंसिर, काटमाण्डौं । संविधान संशोधन, निर्वाचन कानुनसहित संविधान कार्यान्वयनका विषयमा प्याकेजमै सहमति गरेर गतिरोध अन्त्य गर्न सरकार तयार देखिएको छ । सरकारले सब राजनीतिक दलबीचको सहमति र सहभागितामा निर्वाचन गराउने उद्देश्यले संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएको जनाउँदै निर्वाचन कानुनलाई पनि सँगसँगै अगाडि बढाउन तयार रहेको बताएको छ ।

सरकारले संयुक्त मधेसी मोर्चालगायत असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक दर्ता गरेपछि विपक्षी दलहरूले सडक र सदनमा आन्दोलन गर्दै आएका छन् । आन्दोलनको ११औं दिन बितेपछि सरकारले गतिरोध समाधानका लागि सहमतिमै जोड दिँदै प्याकेज अवधारणा अघि सारेको हो । सरकारले प्रतिपक्षी एमालेले वर्तमान समस्याको निकासका लागि निर्वाचन कानुनलाई सँगै लिएर जान औपचारिक प्रस्ताव गरे सरकार तयार रहेको भन्दै सहयोगी भूमिका खेल्न एमालेलाई आग्रहसमेत गरेको हो ।

कानुनमन्त्री अजय शंकर नायकले निर्वाचनका लागि नै संशोधन दर्ता गराएको बताउँदै एमालेबाट निर्वाचन कानुन पनि एकैसाथ अगाडि बढाउने प्रस्ताव आए सरकार तयार रहेको बताए । ‘सरकारले नर्वाचनको वातावरण बनाउनकै लागि संशोधन दर्ता गरेको हो, राष्ट्रिय निकासका लागि मुख्य तीन दलको सहमति नजुटी नहुने स्थिति छ,’ मन्त्री नायकले भने, ‘त्यसैले हामी निकासका लागि प्याकेजमै सहमति गरेर अघि बढ्ने गरी छलफलमा छौं ।’ आजको राजधानी दैनिकले लेखेको छ ।

वि.सं.२०७३ मंसिर २६ आइतवार ०२:३३ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...