भारतकी चर्चित अभिनेत्री आलिया भट्ट सेक्स वर्कर व्यवस्थापक गंगुबाईको भूमिकामा देखिने भएकी छन् ।
संजय लिला भंसालीले निर्माण गर्न लागेको ‘गंगुबाई काठिवावाडी’ मा आलिया भट्टले मुख्य भूमिका निर्वाह गर्न लागेकी हुन् ।
११ सेप्टेम्बरमा रिलिज हुने उक्त फिल्ममा आलियाले जसको भूमिका निभाउन लागेकी छन् (गंगुबाई) गंगुबाई पहिले आफुनै यौनकर्मी र पछि यौन धन्दामा लाग्ने महिलाहरुको अभिभावक थिइन् ।
गंगुबाइका बारेमा लेखक हुसैन जैदी र जेन बोर्गेसद्धारा लिखित ‘माफिया क्विन्स अफ मुम्बई’ पुस्तकमा लेखिएको छ १९६० को दशकमा मुम्बईको कमाठीपुरामा गंगुबाईले बेश्यालय चलाउथिन् ।
गंगा हरजीवनदास काठिवाडी गंगुबाईको रियल नाम थियो । उनको जन्म गुजरातको काठियावाडमा भएको थियो । सम्पन्न परिवार जन्मिएकी उनी रमणिकलाल नामक एक एउकान्टेनलाई माया गर्थिन् । परिवारले उनीसँग विवाह गर्न नदिएपछि उनी भागेर मुम्बई आएकी थिइन् । तर, ती व्यक्तिले उनलाई छक्याएर कमाठीपुरमा बेचिदिए ।
जब उनलाई महसुस भयो त्यतिबेला उनी परिवारसँग फर्किन सक्ने स्थिति थिएन । त्यसकारण पनि उनी सेक्स वर्करको कामगर्न थालकी थिइन् । समय बित्दै गयो उनी रेड लाइट एरियाकी प्रमुख बनिन् अनि गंगाबाट गंगु र गंगुबाट ‘मेडम’ बनिन् ।’ गंगुबाईको कथालाई भंसाली र आलिया दुवैले न्याय गर्ने लेखक हुसैन जैदीले बताएका छन् ।
वि.सं.२०७६ माघ २० सोमवार १७:१७ मा प्रकाशित




























