२३ माघ, काठमाडौँ । गैरआवासीय नेपाली संघले संघको कार्यालय रहेको बालुवाटार जग्गाको विषयमा आएका जिज्ञासा बारे सचिवालय बैठक बसेर आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ ।
संघका प्रवक्ता डिबी क्षेत्रले न्यायालयले लिएको निर्णयलाई हेरेर उचित कदम चालिने बताएका छन् । एनआरएनएले जग्गा किन्दा कुनै जालसाजी नगरी व्यक्तिसँग धनिपुर्जा भएको जग्गा लिएको स्पष्ट पार्दै उनले संघको आधिकारीक धारणा शनिबार अन्तर्राष्ट्रीय परिषदको सचिबालयको बैठक बसेर धारणा सार्वजनिक गरिने बताएका हुन् ।
एनआरएनए भवन जफत गर्न माग, अध्यक्ष पन्त भन्छन् -‘भवन प्रयोग गर्नुको विकल्प छैन’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको ११४ रोपनी जग्गा कब्जा गरेको आरोपमा दुई पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध विगोसहित बुधबार मुद्दा दायर गर्दै उक्त जग्गामा बनेको गैरआवासीय नेपाली संघको भवन पनि जफत गर्न माग गरेको छ ।
वि.सं.२०७६ माघ २३ बिहीवार १९:५६ मा प्रकाशित






























