back
CTIZAN AD

औषधिको भारी बोकेर मुगुका गाउँमा पुगे कार्की,स्थानीयद्धारा फूलमालाले स्वागत

वि.सं.२०७६ माघ २४ शुक्रवार

1.4K 

shares

२४ माघ, काठमाण्डौं । औषधिको भारी लिएर मंगलबार खत्याड रातापानी गाउँमा पुगेका ऐनबहादुर कार्कीलाई बिरामी देखि स्थानीयले फूलमाला र अबिरले भब्य स्वागत गरेका छन् ।

औषधि नपाएर तड्पिएका स्थानीय एक्कासी बिभिन्न औषधिका पाकेट देखेपछि खुशी हुदै कार्कीलाई अबिर र मालाले स्वागत गर्दै स्याबासी समेत दिए ।

खत्याड गाउँपालिका स्थित लुई गाउँका कार्कीले करिव ५ लाख मूल्य बराबरको औषधि रातापानी प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएपछि स्थानीय र स्वास्थ्यकर्मी हर्षित भएका छन् ।

उपचारको निम्ति बिरामीहरु स्वास्थ्य केन्द्रमा पुग्ने र औषधि नपाई फर्किने गरेको पिरमर्कालाई बुझेर कार्कीले मंगलबार ५ लाखको औषधि सहयोग गरेका हुन् ।

बिदेश लगायत बिभिन्न निकायबाट आर्थिक जुटाएर नेपालगञ्जबाट औषधि खरिद गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएका उनले गाउँले स्वास्थ्यकर्मी जनप्रतिनिधिको रोबहरमा कार्की औषधि हस्तान्तरण गरेका हुन् ।

गाउँबस्तीका बिरामीले औषधि नपाउदा रोगले तडपिनु पर्ने अबस्था देखेर ५ लाख मूल्य बराबरको औषधि प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएको कार्कीले सुनाए ।

औषधि लिएर गाउँमा जाँदा बिरामी र अन्य स्थानीयले माग्दै हैरान गरेको कार्कीले सुनाए । सिटामोल समेत यहाँ पाइदैन रोग लाग्ने बाँच्न मुश्किल छ भनेर स्थानीयले दुखेसो पोखेको उनले बताए ।

औषधिका पेटी लिएर गाउँमा पुगेका कार्कीलाई बिरामी देखि स्थानीयले अबिर फूलमालाले भब्य स्वागत समेत गरेका छन् । कलिलो उमेरका कार्कीले गाउँका बिरामीको सेवाका लागि यतिधेरै औषधि ल्याएको भन्दै बुढापाकाले धन्यबाद समेत दिएका छन् ।

‘कलिलो युवा कार्कीले औषधिका पेटी ल्याएर गाउँमा आउदा हामीलाई सारै खुशी लाग्यो ।’ रातापानी गाउँका समाजसेवि दानबहादुर कार्कीले भने ।

सिटामोल समेत पाउन मुश्किल रहेको गाउँमा दानबहादुरले भने आफनो ब्यक्तिगत स्वार्थ त्यागेर गाउँको सेवातिर लाग्दा उनीबाट हामी धेरै खुशी भएका छौ ।

कार्कीले औषधि उपलब्ध गराएपछि केही समय सम्मको लागि बिरामीलाई उपचार गर्न सहज हुने स्वास्थ्य इन्र्चाज शारदा भट्टले बताइन् ।

करिव २० हजार मूल्य बराबरको औषधि नेपालगञ्जकी सुनिता केसीले पनि रातापानी प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएकी छन् ।

कार्कीले बिगत दुई चार बर्ष यता देखि खत्याड गाउँपालिकाको रातापानी, लुई डामलेक, आम लगायत बस्तीका गरिव बिपन्न परिवारलाई खाद्यन्न देखि स्कुल पढने विद्यार्थीलाई स्टेशनरी समाग्री उपलब्ध गराउदै आएकी हुन् ।

वि.सं.२०७६ माघ २४ शुक्रवार ०९:४० मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...