back
CTIZAN AD

दूध बेचेर वार्षिक दश लाख कमाइ

वि.सं.२०७३ मंसिर २६ आइतवार

966 

shares

 २६ मङ्सिर, कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरपालिका– २ भासिका मोहनदत्त अवस्थीले बैंकबाट कर्जा लिई व्यावसायिक गाई फार्म सञ्चालन गर्नुभएको छ । बैंकबाट रु १४ लाख कर्जा र आफ्नो रु तीन लाख गरी रु १७ लाखको लागमा जोशीले देवभूमी गाईपालन फार्म सञ्चालन गर्नुभएको हो ।

एक वर्षअघि सञ्चालनमा ल्याइएको गाई फार्मबाट दूध बेचेर उहाँले वार्षिक रु दश लाख भन्दा बढी आम्दानी लिने गर्नुहुन्छ ।

फार्ममा उन्नत नश्लका छवटा जर्सी र पाँचवटा होलेस्टेन जातका गाई छन् । ती गाईबाट प्रति दिन ६० लिटर दूध उत्पादन हुँदै आएको छ ।

“चिसोमा सङ्कलन केन्द्रबाट दुग्ध विकास संस्थानले दूध नउठाउँदा घाटा व्यहोर्नुपर्ने समस्या छ” उहाँले भन्नुभयो । दूध बिक्रीबाट वार्षिक रुपमा आउने रु दश लाखमध्ये रु चार लाख गाईका लागि घाँस र चारोमा खर्चिने, रु एक लाख जती बैंकको ब्याज तिर्न र बाँकी रकम बचत हुने गरेको उहाँले बताउनुभयो ।

भाडामा जग्गा लिई गाईफार्म खोलेका जोशीले वार्षिक रुपमा रु ३५ हजारमा प्रतिवर्ष रु पाँच प्रतिशत भाडा बढ्ने गरी फार्म सञ्चालन गर्दै आउनुभएको हो । विगतमा निर्माण व्यवसायको कार्य गर्दै आएका उहाँले विभिन्न ठाउँका पशुपालकले गाई फार्म खोलेर मनग्य आम्दानी गरेको देख्दा गाईफार्म खोलेर बसेको बताउनुहुन्छ ।

यो पेसमा सन्तुष्ट हुनुभएका उहाँले गाईको मलमूत्र समेत बिक्री गरेर अतिरिक्त आम्दानी समेत लिदै आउनुभएको छ । रासस

वि.सं.२०७३ मंसिर २६ आइतवार १३:४८ मा प्रकाशित

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी...

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९...