back
CTIZAN AD

सांसद लम्सालद्वारा महायज्ञमा रु २० लाख सहयोग

वि.सं.२०७३ मंसिर २७ सोमवार

1.1K 

shares

२७ मङ्सिर,फलेवास (पर्वत) । दक्षिण पर्वतको त्रिवेणीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा सांसद विकास लम्सालले आइतबार रु २० लाख सहयोग गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने त्रिवेणीमा रहेको पैंयु बहुमुखी क्याम्पसमा स्नातकोत्तरतह र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले एक सातादेखि सञ्चालित शैक्षिक महोत्सव तथा महायज्ञमा सांसद लम्सालले उक्त रकम सहयोग गर्नुभएको हो ।

शिक्षा क्षेत्रको विकासबाट मात्रै समाज र राष्ट्रको विकास हुने भएकाले आफूले उक्त महायज्ञमा सबैभन्दा बढी रु २० लाख रकम सहयोग गरेको लम्सालले बताउनुभयो ।
महायज्ञको साताँै दिनसम्म एक करोड ५० लाख सङ्कलन भएको आयोजकले जनाएको छ । त्यस्तै अर्का सांसद कल्पना चापागाईले रु तीन लाख, मेमोरियल ओभरसिज प्रालि काठमाडौँका सञ्चालक लोक अर्यालले रु १० लाख पाँच हजार ५५५, त्रिवेणी निवासी सन्तोष न्यौपानेले रु दुई लाख पाँच हजार, नरभुपाल काफ्लेले रु दुई लाख १२ हजार ५५५ सहयोग गर्नुभएको आयोजकले जनाएको छ ।

त्यस्तै होश्राङ्दी निवासी दलबहादुर थापा, त्रिवेणी निवासी नासु पुरणबहादुर राना गुप्तबहादुर राना, कृष्ण काफ्ले, मैसँरा तिवारी, भागीरथ बस्याल, लिला बल्लभ बस्याल, गोपीचन्द्र बस्याल, खुमबहादुर बस्याल र उरामपोखरा गाविस निवासी राधाकृष्ण तिवारीलगायतले रु एक लाखभन्दा बढी रकम सहयोग गरेको पैंयु बहुमुखी क्याम्पसका प्राचार्य हरिप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

जिल्लाको दक्षिणी भेगको शैक्षिक धरोहरका रुपमा रहेको क्षेत्रमा स्नातकोत्तर तह र प्राविधिक विषयको पठनपाठन आवश्यक रहेकाले त्यसलाई मुर्तरुप दिनको लागि आफूहरुले सहयोग गरेको सहयोग दाताको भनाइ छ ।

सात दिनसम्म सञ्चालित महायज्ञमा पण्डित ईश्वरकृष्ण महाराजले कथावाचन गरिरहनुभएको महायज्ञ आइतबार साँझ समापन भएको छ ।

उक्त महायज्ञबाट सङ्कलित रकमले गाउँकै क्याम्पसमा स्नातकोत्तरतहको पठनपाठन सञ्चालन हुने भएपछि लाखौँ रुपैयाँ खर्चेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ०२:५७ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...