back

‘ह्विल चेयर’ र सेतो छडी वितरण

वि.सं.२०७३ मंसिर २७ सोमवार

405 

shares
RBB AD
NTC AD

२७ मङ्सिर,बागलुङ । सत्कर्म नेपालले बागलुङका ३३ जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ ।

नेपालले शारीरिक अपाङ्गता भएका ११ जनालाई ‘ह्विल चेयर’ र नारायणस्थानस्थित जनताधन उच्च माध्यमिक विद्यालयका २२ जना दृष्टिविहीन बालबालिकालाई सेतो छडी प्रदान गरको हो ।

‘ह्विल चेयर’ पाउनेमा बागलुङ जैदीका राजेन्द्र शर्मा, बागलुङ नगरपालिकाकी पवित्रा खड्का, लेखानीका निशान विक, वानपाकी निशा केसी, पैंयुपाटाका विमल परियार, प्रसन्न सापकोटा, वानपाकै सुजन खड्का रहनुभएको छ । यस्तै, भिमगिठेकी तारा विक, मेनुका घिमिरे, अभिषेक खड्का र ललिता थापालाई ‘ह्विल चेयर’ प्रदान गरिएको सत्कर्म नेपालका अध्यक्ष सीताराम थापाले जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सहजता ल्याउन ‘ह्विल चेयर’ प्रदान गरिएको उहाँको भनाइ छ । २५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनामा सघाउन सहायता सामग्री प्रदान गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

आमा मिलन केन्द्र र साझेदारी नागरिक सञ्जालसँगको सहकार्यमा भएको कार्यक्रममा अध्यक्ष थापा, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकाललगायतले संयुक्तरुपमा ‘ह्विल चेयर’ हस्तान्तरण गर्नुभएको थियो ।
सहायता सामग्री वितरण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने सत्कर्म नेपालले जनाएको छ । जनताधन उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ सुवेदीले दृष्टिविहीन बालबालिकाको लागि थप सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले सत्कर्म नेपालले सेतो छडीलगायतका सहायता सामग्री वितरण गरेर ठूलो सहयोग पु¥याएको प्रतिक्रिया दिनुभयो । उक्त विद्यालयमा २६ जना दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ०२:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु...

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री...

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा...