back
CTIZAN AD

‘ह्विल चेयर’ र सेतो छडी वितरण

वि.सं.२०७३ मंसिर २७ सोमवार

1.1K 

shares

२७ मङ्सिर,बागलुङ । सत्कर्म नेपालले बागलुङका ३३ जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ ।

नेपालले शारीरिक अपाङ्गता भएका ११ जनालाई ‘ह्विल चेयर’ र नारायणस्थानस्थित जनताधन उच्च माध्यमिक विद्यालयका २२ जना दृष्टिविहीन बालबालिकालाई सेतो छडी प्रदान गरको हो ।

‘ह्विल चेयर’ पाउनेमा बागलुङ जैदीका राजेन्द्र शर्मा, बागलुङ नगरपालिकाकी पवित्रा खड्का, लेखानीका निशान विक, वानपाकी निशा केसी, पैंयुपाटाका विमल परियार, प्रसन्न सापकोटा, वानपाकै सुजन खड्का रहनुभएको छ । यस्तै, भिमगिठेकी तारा विक, मेनुका घिमिरे, अभिषेक खड्का र ललिता थापालाई ‘ह्विल चेयर’ प्रदान गरिएको सत्कर्म नेपालका अध्यक्ष सीताराम थापाले जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सहजता ल्याउन ‘ह्विल चेयर’ प्रदान गरिएको उहाँको भनाइ छ । २५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनामा सघाउन सहायता सामग्री प्रदान गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

आमा मिलन केन्द्र र साझेदारी नागरिक सञ्जालसँगको सहकार्यमा भएको कार्यक्रममा अध्यक्ष थापा, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकाललगायतले संयुक्तरुपमा ‘ह्विल चेयर’ हस्तान्तरण गर्नुभएको थियो ।
सहायता सामग्री वितरण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने सत्कर्म नेपालले जनाएको छ । जनताधन उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ सुवेदीले दृष्टिविहीन बालबालिकाको लागि थप सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले सत्कर्म नेपालले सेतो छडीलगायतका सहायता सामग्री वितरण गरेर ठूलो सहयोग पु¥याएको प्रतिक्रिया दिनुभयो । उक्त विद्यालयमा २६ जना दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ०२:५८ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...