back
CTIZAN AD

पच्चीस किलोको एउटै लौका

वि.सं.२०७३ मंसिर २६ आइतवार

1.1K 

shares

lauka

धनगढी, २६ मङ्सिर । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् ।

तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी वसन्त टोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो ।

केही दिनदेखि यहाँ जारी सुदूरपश्चिम महोत्सव अन्तर्गत कृषि प्रदर्शनी स्टलमा राखिएको यो लौका हेर्नेको भीड लाग्ने गरेको प्रदर्शनी कक्षका किसान बालकुमार रानामगरले बताउनुभयो ।

स्थानीय जातको यो गोलो लौकाको बोटमा कम्पोष्ट मल प्रयोग गरिएको बताइएको छ । यति ठूलो लौका फलेको देख्दा आफूलाई अनौठौ लागेको लौका अवलोकन गरिरहनुभएका स्थानीयवासी हरिश जोशीले बताउनुभयो ।

महोत्सवस्थलमा प्रदर्शनका लागि ल्याइएको हिमालको चौरी गाई र मरुभूमिको उँट पनि अर्को आकर्षणको केन्द्र बनेको छ ।

चौरी गाई र उँट नदेखेकाले हेर्न आएको हुँ, अवलोकनमा भेटिनुभएका हेमराज पनेरुले भन्नुभयो—“आफूहरुको लागि चौरी गाई र उँट अनौठो जन्तु लाग्यो ।” रासस

वि.सं.२०७३ मंसिर २६ आइतवार १३:४४ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...