चीनमा रहेका कोरोना भाइरस प्रभावित नेपालीलाई उद्धार गर्न सरकारले आगामी शनिबार जहाज त्यसतर्फ पठाउने भएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार यो प्रयोजनका लागि पर्यटन, परराष्ट्र, स्वास्थ्य मन्त्रालय र नेपाल एयरलायन्सको एक-एक जना सहभागि हुने गरि एक समिति बनेको छ ।
सोहि समितीको सिफारिसको आधारमा यहि फागुुन ३ गते नेपाल एयरलाइन्सको वाईड बडी चीनको वुहान जाने तय भएको हो । यसले कोरोनाका कारण वुहानमा फसेका १८० नेपाली विद्यार्थीको उद्धार गर्ने छ । वुहानमा रहेका विद्यार्थीका आफन्तले आफ्ना सन्तानलाई छिट्टै नेपाल ल्याउने वातावरण मिलाउन सरकारलाई निरन्तर दवाव दिँदै आएका थिए ।
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ । गत डिसेम्बरको अन्त्यमा चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण ४० हजार १ सय ७१ जनामा संक्रमण देखिएको जनाएको छ।
कोरोना भाइसर चीनबाहेक २८ देशमा फैलिएको छ। चीनका अलबा फिलिपिन्स र हङकङ, अमेरिका र जापानमा पनि थप एक एक जनाको ज्यान गएको छ।
यी ४ ठाँउमा राखिने भयो चीनबाट ल्याइने नेपालीलाई
चीनबाट ल्याइने नेपालीलाई भक्तपुरको शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइनस्थल व्यवस्थित गरी राखिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि उनीहरुलाई राखिने स्थानको पक्का गरिएको हो ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री र मुख्यसचिवलगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
वि.सं.२०७६ माघ २७ सोमवार ११:५२ मा प्रकाशित



























