back
CTIZAN AD

बृृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि

वि.सं.२०७३ मंसिर २७ सोमवार

993 

shares

२७ मङ्सिर,बर्दिया। बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ ।

यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो ।

महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधिअनुसार हात्ती पूजा समेतको सुरुवात गरिने जानकारी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।

पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको ठाकुरद्वाराको हात्तीसारमा हुन लागेको महोत्सवमा स्थानीय थारु संस्कृति, झाँकी र विभिन्न स्थानीय नाच समेत गरिने र आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय थारु परिकारको आनन्द लिन सक्ने छन् ।

यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनामा बाघको सङ्ख्या बढेर ८५ पुगे पछि यस निकुञ्ज क्षेत्रमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक सङ्ख्या पनि अत्यधिक रहेकाले यस महोत्सवमा पर्यटकको सङ्ख्या अझ बृद्धि हुने विश्वास गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर २७ सोमवार ०२:५८ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...