back
CTIZAN AD

एमसिसी सम्झौता नेपालको लागि खतरा – अध्यक्ष विजुक्छे

वि.सं.२०७६ फागुन १ बिहीवार

777 

shares

१ फागुन , काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भनेका छन् ।

भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई बुधबार सम्बोधन गर्दै चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने नहुने र मानव बस्तीभन्दा टाढा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । अध्यक्ष विजुक्छेले एमसिसी सम्झौता नेपालको लागि खतराको विषय भएको औँल्याउँदै पार्टीले एमसिसीको खुलेर विरोध गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७६\७७ को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाका लागि आवश्यक ऐन, नियम, विनियम र कार्यविधिबारे जानकारीदिऐ । उनले आव २०७६\०७७ मा रु ९९ करोड ८० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्ममा ३६.२४ प्रतिशत अर्थात रु ३६ करोड १७ लाख २२ हजार मात्र खर्च भएको जानकारी दिए ।

त्यसैगरी चालु आव २०७६\०७७ मा पूँजीगततर्फ रु एक अर्ब १३ करोड ३० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्म २२.१६ प्रतिशत अर्थात रु २५ करोड १० लाख ९५ हजार खर्च भएको प्रमुख प्रजापतिले जानकारी दिए ।

चालु आवमा कूल रु दुई अर्ब १३ करोड १० लाख बजेट पारित भएकोमा चालु तथा पूँजीगततर्फ गरी कूल रु ६१ करोड २८ लाख १७ हजार अर्थात कूल बजेटको २८.७६ प्रतिशत मात्रै खर्च भएको कार्यक्रममा जानकारी दिइएको थियो । नगरपालिकाले आन्तरिक आयतर्फ बितेको छ महिनामा रु २० करोड ३५ लाख ८४ हजार कर असुली गरेको छ ।

वि.सं.२०७६ फागुन १ बिहीवार ०८:१५ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...