१ फागुन, काठमाडौँ । फागुन महिनाको पहिलो दिन आज बिहिबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।
बुधबार तोलामा ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार ७६ हजारमा कारोबार भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य पनि बुधबार ३ सयले बढेर ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आजको बजारमा चाँदीको मूल्य पनि बढेको छ । बुधबार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैँयाले बढेर ८ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७६ फागुन १ बिहीवार १३:२५ मा प्रकाशित






























